शिविरमा ७ सयको उपचार

शिविरमा ७ सयको उपचार

ओखलढुंगा : जिल्ला स्वास्थ्य कार्यालय र चम्पादेवी गाउँपालिका वडा न‍ं. ७ ले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ। वडा कार्यालय, फुलबारीमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, बाल रोग, अपांगता भएका व्यक्ति, गर्भवती महिलाको स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष सुरेश थापाले बताए । 

जिल्ला अस्पताल रुम्जाटारले चिकित्सक तथा औषधी व्यवस्थापन गरेको थियो। एक दिने शिविरमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उपचारमा सहज भएको स्थानीयले बताए। शिविर वडास्तरमा आयोजना गरिए पनि गाउँपालिका भरिका नागरिकले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए।

शिविर उद्घाटनमा संघीय प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार, प्रदेश सभाका सांसद मोहन खड्कालगायतको सहभागिता थियो। स्थानीयले बेला बेलामा स्थानीय तहमै शिविर आयोजना गर्न माग गरेका छन् ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.