उदयपुर गोल्डकप: मोरङलाई घर फर्काउँदै थ्रीस्टार सेमिफाइनलमा

उदयपुर गोल्डकप: मोरङलाई घर फर्काउँदै थ्रीस्टार सेमिफाइनलमा

 गाईघाटः मोरङ–११ लाई घर फर्काउँदै ललितपुरको थ्रीस्टार क्लव ललितपुर उदयपुरमा जारी पाँचौ रमपम गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा मोरङ–११ लाई ४–१ गोलले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा स्थान बनाएको हो । मोफसलमा यो सिजनमा ४ उपाधि जितिसकेको थ्रीस्टारको जितमा अजय मार्टिनले दुई, अनन्त तामाङ्ग र रुपेश केसीले एक–एक गोल गरे ।

थ्रीस्टारका मार्टिनले खेलको ३२ औ मिनटमा गोल गर्दै खाता खोले । १ गोलले अघि रहेको थ्रीस्टारका लागि दोस्रो गोल पुनः मार्टिनले ५८ औँ मिनट गरे । उनले रिबाउण्ड बलमा गोल गरेका थिए । 

मध्यान्तरपछि रुपेश केसीले ८५ औ मिनटमा र अनन्त तामाङ्गले ८७ औ मिनटमा लगातार दुई गोल गर्दै थ्रि स्टारले ठूलो गोल अन्तरको जित हात पार्न सफल भयो । मोरङ–११ को तर्फबाट खेलको ५२ औँ मिनटमा अफ्रिकन खेलाडी यमवालाले सान्त्वना गोल गरे ।

मोरङविरुद्ध थ्रीस्टारले सशक्त प्रदर्शन गरेको थियो । खेल अवधिभर थ्रीस्टार हावी भएको थियो । मोरङले केही अवसर सदुपयोग गर्न नसक्दा एक गोलमै चित्त बुझाउनु परेको थियो । २ जना अफ्रिकन खेलाडी लिएर मैदानमा उत्रिएको मोरङका लागि प्रतियोगिता निकै सकस रह्यो । 

तीन नाजेरियन खेलाडी लिएर मैदानमा उत्रिएको थ्रीस्टारीले अझ बढी गोल गर्ने अवसर गुमाएको थियो । मार्टिनका केही राम्रा प्रहारलाई मोरङको गोलरक्षकले विफल तुल्याएका थिए । 

प्रतियोगिताको म्यान अफ दि म्याच थ्रीस्टारका मार्टिन भए । उनलाई नगद ७ हजारसहित रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले सम्मान गरे । मंगलबारको खेल दमक गोल्डकप विजेता विभागीय नेपाल प्रहरी र सुनसरी–११ बीच हुने प्रतियोगिता मुल आयोजक समितिका अध्यक्ष किरण राईले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.