पारदर्शिताका लागि उपमहानगरको मोबाइल एप

पारदर्शिताका लागि उपमहानगरको मोबाइल एप

नेपालगञ्ज : उपमहानगरपालिकाले सेवा प्रवाहमा नगरवासीको पहुँचमा सहजता, पारदर्शिता र जवाफदेहिताका लागि भन्दै मोबाइल एप सञ्चालनमा ल्याएको छ ।प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, उपमहानगर प्रमुख धवलशम्शेर राणा, यूएसएड भ्रष्टाचार निवारण कार्यक्रमकी सल्लाहकार भिक्टोरिया आयरले बुधबार संयुक्त रुपमा ‘नेपालगञ्ज उपमहानगरपालिका’ नामक मोबाइल एपको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिएको बताए ।यूएसएडको सहयोग र काठमाडौ लिभिग ल्याव्स काठमाडौंको प्राविधिक सहयोगमा निर्मित मोबाइल एपमा उपमहानगरको प्रोफाइल, परियोजना, सेवा, नागरिक वडापत्र, कर तथा शुल्क, नीति तथा कार्यक्रम, निर्णय, सूचना वा जानकारी, ऐन, कानुन लगायतका विषयमा जानकारी पाउन सकिन्छ ।

वडाका सम्पूर्ण सेवा, योजना प्रगतिसँगै जनताले नगरप्रमुखसँग हटलाइनमा कुरा गर्नसक्नेसम्मको व्यवस्था मिलाइएको छ । नगरका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको मोबाइल नम्बरसहितको प्रोफाइलसमेत भएकाले सम्पर्क गर्न सजिलो हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.