गाँजा तस्कर पक्राउ गर्न गोली

गाँजा तस्कर पक्राउ गर्न गोली

हेटौंडा : मकवानपुर प्रहरीले एकसय ६६ केजी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिका–४ बाट बुधबार बिहान स्थानीय सुदिप कोइरालालाई एकसय ५० केजी गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । 

लागुऔषध गाँजा बिक्री बितरण गर्दै आएको विषेश सूचनाको आधारमा कोइरालाको घरगोठमा छापा मार्दा गोठको माथिल्लो तल्लामा लुकाई राखेको गाँजा बरामद गरेको उनले जानकारी दिए । कोइरालासँगै अर्का स्थानीय रामकृष्ण ब्लोनलाई १६ केजी ८ सय ग्राम गाँजासहित पक्राउ गरेको छ ।

उनले  ब्लोनको घर खानतलासी गर्दा दुइवटा बोरामा लुकाई राखेको गाँजा फेला परेको एसपी श्रेष्ठले बताए ।उनले ब्लोनलाई पक्राउ गर्ने क्रममा अवरोध गरेपछि गोलीसमेत चलाउनु परेको बताए ।  

‘ब्लोनलाई नियन्त्रणमा लिने क्रममा अज्ञात ब्यक्तिहरुले बाधा अवरोध गरेकाले एक राउण्ड हवाई फायर पनि गर्नुपर्‍यो’,उनले भने । प्रहरीले पक्रकार सम्मेलन गरी बुधबार दिउँसो उनीहरुलाई सार्वजनिक गरेको हो । गाँजासहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.