रोटी पकाउँदै गरेका मजदुर रामकेशमाथि गोली प्रहार

रोटी पकाउँदै गरेका मजदुर रामकेशमाथि गोली प्रहार

भैरहवाः रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा एक मजदुरमाथि गोली हानिएको छ । गोली लागेर रुपन्देही पश्चिमी दक्षिणी मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–४ का ४१ वर्षीय रामकेश धवल घाइते भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए ।

गोली लागेका धवल मजदुर हुन् । मर्चवारबाट तिलोत्तमा–५ मा घर निर्माणको काममा मजदुरीका लागि उनी आएका थिए । साँझ रोटी पकाउने बेलामा रातो रंगको मोटरसाइकल आएका अपरिचित व्यक्तिले पछाडीबाट उनलाई गोली प्रहार गरेको एसपी ज्ञवालीले बताए । उनको ढाडा गोली लागेको बताइएको छ । गोली प्रहार गर्ने व्यक्ति फरार भएका छन् ।

घाइते धवलको स्थानीय क्रिमसन अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा रिफर गरिएको छ । घटनापछि चारैतिर चेकजाँच कडा पारेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.