दलितलाई पढ्न नदिएको भन्दै गुरुकुलमा ताला

दलितलाई पढ्न नदिएको भन्दै गुरुकुलमा ताला

भद्रपुर, (झापा): शिक्षामा जातीय विभेद गरेको भन्दै झापाको भद्रपुर-६ स्थित संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विधाश्रममा तालाबन्दी गरिएको छ। दलित विद्यार्थीलाई शिक्षामा जातीय विभेद गरेको भन्दै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले बिहीबार गुरुकुलमा तालाबन्दी गरेका हुन्।

इलाम नगरपालिका-५ बर्वोटेका अनाथ बालक विकास कार्की (डोली)लाई गुरुकुलले भर्ना लिन नमानेपछि तालाबन्दी गर्न बाध्य भएको संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले जानकारी दिए।

घटना विवरणअनुसार डोलीलाई बिर्तामोडका भुवन भट्टराईले भर्नाका लागि गुरुकुल लिएर आएका थिए। तर, गुरुकुलका संस्कृत विद्यालयको प्रशासन शाखालाई आग्रह गर्दा समेत उनलाई भर्ना गर्न अस्वीकार गरियो।

सो घटना सार्वजनिक भएपछि झापा जिल्लामा रहेका दलित अधिकारकर्मीले बालबालिकाको मौलिक हक हनन् नगर्न आग्रह गर्दा पनि विद्यार्थी भर्ना गर्न नमानेको अध्यक्ष मंग्रातीले बताए।

उनले भने, 'गुरुकुलले दलित विद्यार्थी भर्ना लिन नमानेपछि जातीय विभेदको अन्त्यको निष्कर्ष निकाल्दै तालाबन्दी गरेका हौं।' उनका अनुसार विद्यार्थी संगठन र गुरुकुलका व्यवस्थापन पक्षसँग विद्यार्थी भर्ना गराउनका लागि छलफल गरिएको थियो।छलफलमा विद्यार्थी संगठन, दलित अधिकारकर्मी, युवा संघ नेपाल, अनेरास्ववियुका प्रतिनिधिको सहभागिता थियो।उनले भने,' दुबै पक्षबीच गरेको छलफलमा निश्कर्ष टुंगोमा नलागेपछि आन्दोलित हुनुपरेको हो।'

छलफलमा युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले भर्नाका लागि पुगेका विद्यार्थीलाई भर्ना गर्न अस्वीकार गर्नु जातीय विभेद भएको दावी गरे। नेपालको संविधानमा जातीय विभेद गर्नु सामाजिक अपराध भएको उल्लेख गदै उनले भने, 'तत्काल विद्यार्थीलाई पठनपाठनको वातावरण सिर्जना गरियोस्, हिन्दु धर्ममा यसरी विभेद् हुनुले लज्जाबोध भएको छ।'

धर्मभित्रको यस्ता कुसंस्कारकै कारण सर्वसाधारण नागरिक धर्म परिवर्तन गर्न बाध्य भएको उनको ठहर छ। त्यस्तै हल्दिबारीका अगुवा मोहनचन्द्र रेग्मीले संविधान अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने बताए। झापा जस्तो जिल्लामा जातीय विभेद् हुनु दुःखद् भएको भन्दै रेग्मीले भने, 'मुलुकमा परिवर्तन भएको सन्देश दिन गुरुकुलमा सबै जातजातिका विद्यार्थीलाई शिक्षा आर्जन गर्ने वातावरण हुनुपर्छ।'

यता गुरुकुल सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईले अहिलेसम्म दलित विद्यार्थी भर्ना गर्नका लागि कोही नआएकाले यस्तो अभ्यास नगरेको प्रतिक्रिया दिए। गुरुकुलको विधानमा व्यवस्था भए अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने भएकाले भर्ना लिन समस्या भएको उनले बताए। 'हाम्रा बटुकहरु हरेक दिन धार्मिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले दलित विद्यार्थीको संलग्नता व्यवहारिक रुपमा समाजले स्वीकार्दैन, त्यसैले भर्ना लिन नमिल्ने,उनले भने।

सिडियो र नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

समाधानको प्रयास सफल नभएपछि तालाबन्दी गरेका उनीहरुले जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापन पत्र बुझाएका थिए। प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई गुरुकुलभित्र हुने विभेद्लाई अन्त्य गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको हो।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले समाजमा कुनै पनि विभेद्को घटना हुन नहुने बताए। ज्ञापन पत्र बुझ्दै प्रजिअ दाहाले माग सम्बोधन गर्न सहजीकरण गर्ने प्रतिवद्धता जाहेर गरेको उत्पीडित अधिकार मञ्च नेपालका सचिव सागर पोर्तेलले जानकारी दिए। त्यस्तै अधिकारकर्मीले स्थानीय सरकार भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका थिए।  

देशभरका गुरुकुल, विधापिठमा, सबै जाति,लिङ्गका विधार्थी अध्ययन गर्न  पाउनुपर्ने, गुरुकुल आश्रम सञ्चालन पक्षले अमानवीय व्यवहार गरेकोले जातीय छुवाछुत तथा भेदभाव ( कसुर र सजाय) ऐन २०६८ बमोजिम हदैसम्म कारबाही गरिनुपर्ने, दलित भएकै कारण भर्ना लिन अस्वीकार गरेको विद्यार्थीलाई ४८ घण्टाभित्र भर्ना भर्ना गर्नुपर्ने, कुरिती र कुसंस्कारको संरक्षण गर्ने पाठशाला खारेजी गर्नुपर्ने ज्ञापनमा उल्लेख गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.