सहमति भए प्रदेश १ लाई किरात राज्य घोषणा गर्न सकिन्छ : शेरधन राई

सहमति भए प्रदेश १ लाई किरात राज्य घोषणा गर्न सकिन्छ : शेरधन राई

धरान : किरात राईको महान पर्व उभौली साकेला शनिबारबाट समापन भएको छ। धरानको सप्तरंगी पार्कमा आयोजित साकेला सिली प्रदर्शन गर्दै साकेला समापन भएको हो। किरात राई यायोक्खा सुनसरीको आयोजनामा वैशाखे पूर्णिमाको दिनदेखि सुरु भएको साकेला शनिबार सकिएको हो।

वैशाखे पूर्णिमाको अवसर पारेर किरात राई यायोख्खा सुनसरीले धरानको विजयपुरस्थित बुद्धिकर्ण रायको दरबार क्षेत्रमा पूजा आराधना गरी साकेला नाचको शुभआरम्भ गरेको थियो। शनिबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले धरानमा साकेला शिली प्रदर्शनी विधिवत रुपमा समापन गरेका हुन्। 

एक नम्बर प्रदेशलाई किरात राज्य घोषणा गर्नु पर्ने माग राखेर किरात राईले साकेला सिली नाचेका थिए। साकेला सिलीको सामापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सबैको सहमति भए प्रदेश नम्बर एकलाई किरात राज्य घोषण गर्न सकिने बताए। उनले प्रदेश नम्बर एकलाई देशकै समृद्ध प्रदेश बनाएर सबै जातजातिका हक अधिकारलाई स्थापित गर्ने प्रतिबद्धता समेत जनाएका छन्। 

किरात राईले वैशाखे पूर्णिमाको दिन साकेला घरमै भूमिपुजा गरेर सुरु गर्ने गरेको किरात राई यायोक्खा  सुनसरीका प्रचार संयोजक उपेन्द्र चाम्लिङले जानकारी दिए।  किरात राईका साकेला थान तथा विभिन्न चौर तथा आगनमा  युवायुवती, वृद्धवृद्धा तथा नाताकुटुम्ब भेला भएर गोलाकार घेरामा बाँधिएर पितृको सम्झना गर्दै, भूमीको पूजा गर्दै, अनिष्टबाट बचाउँन कुलदेवतालाई भाकल गर्दै सिली र ढोल, झयाम्टाको धुनमा साकेला नाच्ने प्रचलन रहेको योयाख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले बताए। 

विभिन्न प्रकारका साकेला सिली गाउँदै हातमा चौरीको चम्मर, झयाम्टा र काँधमा ढोल बोकेर   राईले साकेलाम सिली प्रदर्शन गर्ने गर्छन्। आफैले घरमा पारेको कोदोको आराखा (रक्सी), मासु, सेलरोटीलगायतका परिकार खाँदै  किरात राईहरुले साकेला सिल प्रदर्शनी गर्दै आएका छन्।

यो पर्वले किरात राईका लागि बर्षदिनसम्म भेट नभएका परिवारलाई समेत भेट गर्ने अवसर जुराई दिएको अध्यक्ष राईको भनाइ छ। किरात धर्म अनुसार  बालीनाली लगाउँने समय सुरु भएको प्राकृतिक संकेत पाएपछि आफूले लगाएको बाली राम्ररी सप्रियोस, भलबाढी,  पहिरो नआओस, प्राकृतिक विपत्ति नआओस् भनी भूमी पूजा गर्दै साकेला उभौली मनाइउने गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.