वाम एकताप्रति निधीको व्यङ्ग्य : हावाहुरीले नढालेपनि धमिराकै कारण ढल्छ

वाम एकताप्रति निधीको व्यङ्ग्य : हावाहुरीले नढालेपनि धमिराकै कारण ढल्छ

वीरगन्ज : नेपाली कांग्रेसका उपसभापति  विमलेन्द्र निधीले दुई कम्युनिस्ट पार्टीको एकताले कांग्रेसलाई केही फरक नपर्ने बताएका छन् । वीरगन्जमा शनिबार आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको प्रदेश नम्बर २ का नवनिर्वाचित पदाधिकारीको कार्यभार तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै उपसभापति निधीले भने ,‘दुई कम्युनिस्ट पार्टीको एकताले कांग्रेसलाई केही फरक पर्दैन, देशलाई पनि यो एकताले कुनै किसिमको लाभ वा हानी हुदैन ,त्यसैले आत्तिनु पर्ने अवस्था छैन ।’

नेपालका राजनीतिक दलमा टुटफुट हुने र पछि फेरि जुटने इतिहास सदैव चल्दै आएको बताउँदै कम्युनिस्ट पार्टीको एकतालाई काँग्रेसले अनौठो नमानेको बताए ।
 कम्युनिस्ट पार्टीको एकताप्रति कटाक्ष गर्दै नेता निधीले भने ,‘ जंगलमा रहेको बलिया सालको रुखलाई हावाहुरीले नढालेपनि रुखभित्र रहेका धमिराकै कारण रुख ढल्ने निश्चित हुन्छ ।’ 

उनले मजदुर एकजुट भएमा  आउने दिनमा कांग्रेसले फेरि पनि सफलता पाउने बताए  ।नेपालमा  भएको राजनीतिक  परिर्वतनमा मजदुरको भूमिका सहरानिय रहेको बताउदै निधीले भने ,‘ सम्पुर्ण ट्रेड युनियन एक भएर मजदुरको हक हितमा लड्नुपर्छ , यसका साथै संघीय प्रणलीलाई अवलम्बन गरी दिएको अधिकार अनुसार मजदुरहरुले पनि काम गर्नु पर्छ  ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.