दुुर्घटनामा दुई बालकको मृत्यु

दुुर्घटनामा दुई बालकको मृत्यु

दाङ : दाङमा शनिबार भएका छुट्टा छुट्दै दुर्घटनामा दुई बालकको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका २ लालमटियामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने अर्का एक बालकको नदीमा डुबेर मृत्यु भएको छ ।

शनिबार साँझ पूर्वबाट पश्चिम राजमार्ग अन्तर्गत दाङको लालमटियामा लु १ ख ९५०६ नम्बरको ट्रकको ठक्करबाट प्युठान जिल्ला सरुमारानी गाउँपालिका २ दर्भान घर भएका  आठ वर्षीय बालक गौतम बुढाथोकीको मृत्यु भएको हो । प्रहरीका अनुसार सडक पार गर्ने क्रममा ट्रकले बुढाथोकीलाई ठक्कर दिएको थियो । बालक आदर्श नमुना मावि लालमटिया कक्षा ४ मा अध्ययनरत हुन् । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

राप्ती नदीमा डुबेर मृत्यु

यसैबीच दाङको राप्ती नदीमा डुबेर शनिबार भालुबाङका एक बालकको मृत्यु भएको छ । भालुबाङ पुल्चोक बजारका आठ वर्षीय प्रदिप रोकाको राप्ती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

भालुबाङ पुल्चोक स्थित स्वर्गद्वारी प्राथमिक विद्यालय कक्षा ४ मा अध्ययनरत प्रदिपको नदीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । डुबेर वेपत्ता भएका रोकाको शव प्रहरीले तीन घण्टापछि निकालेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.