साढे ३३ किलो सुन तस्करीः अभियुक्तको पक्षमा वकिलको लाइन, ५४ जनाले बहस गरे

साढे ३३ किलो सुन तस्करीः अभियुक्तको पक्षमा वकिलको लाइन, ५४ जनाले बहस गरे

विराटनगरः साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा आजसम्ममा प्रतिवादीतर्फका ५४ जना कानुन व्यवसायीको बहस सकिएको छ । आइतबार मात्रै आठजनाले बहस गरेका छन् । 

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा प्रतिरक्षामा बहस गर्न वकालतनामा दर्ता गराएकामध्ये ५४ जनाले बहस सकिसकेको अदालतले जनाएको छ । 

अभियुक्त बनाइएका पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, राजेन्द्रकुमार शाक्य, बालकृष्ण श्रेष्ठ, भुजुङ गुरुङ, दोराम खत्री, सम्बीरप्रसाद तोलाङ्गे, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, एलवी भनिने लालबहादुर मगर र तुलाराम थारुका पक्षमा अधिवक्ता भरतबहादुर थापाले बहस गरे । 

त्यस्तै कपिलराज पुरी र अम्बरबहादुर थापाका पक्षमा अधिवक्ता मधुसूदन चौधरी, एसपी विकासराज खनालका पक्षमा मोहन कोइराला र कपिलराज पुरीका पक्षमा भक्तीनाथ माझीले बहस गरेका छन् । 

अधिवक्ता अशोक पोखरेलले पूर्व डीआईजी गोविन्द निरौला र लीलाबल्लभ अधिकारीले निलम्बित सइ बालकृष्ण सञ्जेलका पक्षमा बहस गरे । अधिवक्ताहरु उद्धवचन्द्र घिमिरे र पुरुषोत्तम नेपालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका विमानस्थलका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, सम्बीरप्रसाद तोलाङ्गे, तक्ले भनिने पुण्यप्रसाद लामा, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर, हेमन्त गौतम र दोराम खत्रीका पक्षमा बहस गरेका छन् । 

भोलीसम्ममा थुनछेक बहस सकिने सम्भावना रहेको अदालतले जनाएको छ । प्रतिवादीका पक्षमा बहस सकिएपछि सरकारी वकिलहरुले प्रतिउत्तर फर्काउने छन् । त्यसपछि अदालतले मुद्दामा आदेश गर्ने छ । 

थुनछेक बहसका क्रममा कानुन व्यवसायीहरुले अभियुक्त बनाइएका मोरङ उर्लाबारीका मोहन काफ्लेको घरबाट बरामद भएको खातालाई आधार बनाएर मुद्दा दर्ता गरिनु गलत भएको जिकिर गरेका छन् । 

उनीहरुले बनावटी खाता जन्माएर फसाउने काम घटनाको अनुसन्धानका क्रममा भएको जिकिर पनि गरे । स्थापित नै हुन नसक्ने संगठित अपराधको मुद्धा दर्ता गरेर अनुसन्धानलाई पूर्वाग्राही बनाउन खोजिएको उनको तर्क छ । प्रतिरक्षामा बहस गर्नका लागि ६६ जना कानुन व्यवसायीले एक सय १३ वटा वकालतनामा दर्ता गराएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.