सरकारको निर्णयः प्रदेश २ का मुख्यमन्त्रीलार्इ अमेरिका जान रोक

सरकारको निर्णयः प्रदेश २ का मुख्यमन्त्रीलार्इ अमेरिका जान रोक

काठमाडौँः सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई तत्काल अमेरिका जान नदिने निर्णय गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा कुटनीतिक मर्यादा भुलेर अभिव्यक्ति दिएपछि आलोचित बनेका राउतलाई बजेट तथा नीति निर्माणका बेला अमेरिका जान अनुमति नदिने निर्णय गरेको हो ।

जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन अफ अमेरिका नामको एनजीओको कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री राउतलाई पठाउने प्रदेश २ मन्त्रिपरिषद्को निर्णयलाई संघीय मन्त्रिपरिषद्ले अनुपयुक्त ठहर गरेको जानकारी सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बासकोटाले दिए ।

‘यादवलाई अमेरिका जान अनुमति नदिने निर्णय भएको छ । अमेरिका भ्रमणमा पठाउन भनी दुई नम्बर प्रदेश मन्त्रिपरिषदबाट आएको निर्णयलाई तत्कालका लागि मन्त्रिपरिषद्ले अनुपयुक्त ठहर गरेको छ’, बासकोटाले भने ।

बासकोटाका अनुसार अहिले अहिले प्रदेशमा बजेट तथा नीति कार्यक्रम लगायत संगठनात्मक संरचनाका महत्वूर्ण काम परेकाले त्यस प्रस्तावलाई अनुपयुक्त गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.