नौ महिनादेखि तलब नपाएको गाउँपालिका कर्मचारीको गुनासो

नौ महिनादेखि तलब नपाएको गाउँपालिका कर्मचारीको गुनासो

रुकुम : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। 

निमित्त प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब नपाएको गाउँपालिकाले जनाएको छ। गत असोजमा वडाध्यक्षको सहयोगी रहने र वडा कार्यालयमा लेखापढी (अन्य कामकाज) गर्ने गरी यहाँका १४ वडामा एक–एकजना सहयोगी नियुक्ति गरिएको थियो। 

उक्त गाउँपालिकाका लेखापाल शिवराम खड्काले आफू बिरामी भएर जिल्ला बाहिर भएको र उनीहरूको नियुक्ति पनि प्रकृयागत ढङ्ले नभएको गुनासो आएकाले तलब दिन कठिनाइ भएको बताए।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावतले उनीहरूलाई तलब खुवाउन आनाकानी गरेको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले बताए। आफूलाई दैनिक ७५९ रुपैयाँ दिने सहमति भए पनि हालसम्म कुनै रकम नपाएको अध्यक्षका स्वकीय सचिव उज्ज्वल सेनले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.