विमारी बोकेको एम्बुलेन्स आफै दुर्घटना : एकको मृत्यु

विमारी बोकेको एम्बुलेन्स आफै दुर्घटना : एकको मृत्यु

तुलसीपुर : सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बागचौर नगरपालिका –२ चिलधालेबाट गर्भवती बोकेर प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा ल्याउँदै गर्दा चिलधालेको आग्रीखोलामा आइतबार राति १ बजे एम्बुलेन्स दुर्घटना भएको हो ।

दुर्घटनामा परी एकजनाको मृत्यु भएको र चारजना घाइते भएको सल्यान प्रहरीले जनाएको छ । गर्भवती महिलालाई चिलधालेबाट थारमारेतर्फ ल्याउने क्रममा रा १ झ १३७ नम्बरको एम्बुलेन्स आग्रीखोला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चिलधालेकी ४४ वर्षीया जानकी बुढाथोकीको मृत्यु भएको छ । उनी गर्भवती महिलाकी आमा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकी गर्भवती महिला १९ वर्षीया कल्पना चलाउनेको सल्यान अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा बागचौर–२ चिलधालेका ४६ वर्षीय केवल बुढाथोकी, ३५ वर्षीय डम्बरी बुढाथोकी र ४० वर्षीया रामबहादुर बुढाथोकी घाइते भएका छन् । घाइते सबैको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ ।

 दुर्घटनामा परेको एम्बुलेन्स प्राथामिक स्वास्थ्य केन्द्र थारमारेको हो ।  रातको समय तिव्रगतिका कारण एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.