प्रदेश ७ मा हेलो सीएमः जनताका गुनासा चार घण्टामै सम्बोधन

प्रदेश ७ मा हेलो सीएमः जनताका गुनासा चार घण्टामै सम्बोधन

धनगढीः जनताको सामान्य गुनासो बढीमा चार घण्टामै सुनवाई गर्ने प्रतिवद्धता गर्दै सोमबारदेखि प्रदेश नम्बर ७ मा हेलो सीएम कार्यक्रम सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमबीच हेलो सीएमको उद्घाटन गरे ।

उनले जनताका तत्काल समाधान हुने समस्या बढीमा चार घण्टाभित्र र अरु जस्तोसुकै गुनासा बढीमा सात दिन भित्र सम्बोधन गरिने बताए । उनले प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी बनाउन र प्रदेश सरकारको अनुभूति दिलाउने उद्देश्यले ७ नं. प्रदेशमा हेलो सीएम कार्यक्रमको सुरवात गरिएको बताए ।

हेलो सीएम कार्यत्रमका माध्यमबाट सीधै जनताका गुनासाहरु सुन्ने र समस्याको समाधान गर्न यो कार्यक्रमको शुरुवात गरिएको मुख्यमन्त्री भट्टले बताए । ७ नं. प्रदेशमा धेरै समस्या रहेकाले ती समस्याहरु आफ्ना जन प्रतिनिधिहरुलाई सुनाउन जनता आतुर पाइएकोले हेलो सीएम कार्यक्रमका माध्यमबाट जनताका गुनासा सुन्ने प्रयासको थालनी गरिएको मुख्यमन्त्री भट्टले बताए ।

हेलो सीएम कार्यक्रमको उद्घाटन गर्दै गर्दा मुख्यमन्त्रीकै गृह जिल्ला डोटीबाट कर्णजंग शाहीले पहिलो गुनासो गरे । डोटीको शिखर नगरपालिका–२ का शाहीले १६६० ९१५२७२३ नम्बरको टोल फ्री नम्बरमा फोन गरेर धनगढी र महेन्द्रनगर लगायका बजार क्षेत्रको ट्राफिक समस्या समाधान गरिदिन आग्रह गरे ।

१६६० ९१५२७२३ नम्बरमा सिधै फोन गरी हेलो सीएम कार्यक्रममा जुनसुकै नागरिकले पनि आफ्ना जिज्ञासा, गुनासा र सुझावहरु राख्न सक्नेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म दैनिक १२ घण्टा हेलो सीएम कार्यक्रम जनाएको छ ।

प्रदेश नं. ७ का मुख्यसचिव लक्ष्मीराम पौडेलका स्वकीय सचिव शिवसिंह ओलीले हेलो सीम कार्यक्रम छिट्टै नै रेडियोबाट पनि प्रसारण गरिने जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.