मोदी भ्रमण व्यवस्थापनको खर्चमा विवाद

मोदी भ्रमण व्यवस्थापनको खर्चमा विवाद

 जनकपुरधाम : प्रदेश-२ मा खर्चको विषय लिएर सत्तारुढ दलहरुबीच नै अहिले विवाद चुलिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा भएको खर्चको बिषय लिएर विवाद चुलिएको हो ।

मोदी भ्रमणको समिक्षा गर्न बसेको बैठकमा सांसद डिम्पल झाले खर्चको विवरण मागेपछि विवाद सुरु भएको स्रोतको भनाइ छ । उनले खर्चको विवरण माग्दा कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव र राजपा प्रदेशसभा सदस्य झाबीच विवाद भएको बैठकमा सहभागी एक नेताको भनाई छ ।

सवारी व्यवस्थापनदेखि लिएर अन्य व्यवस्थापनमा अनियमित्ता गरिएको भन्दै सांसद झाले बैठकमा बिरोध गरेपछि विवाद सतहमा देखिएको छ । कुनैपनि जिल्लामा आवश्यकता अनुसार सवारीसाधन नगएको समिक्षा बैठकमा उनले बताइएकी थिइन । तरपनि बिभिन्न व्यवस्थापनको नाममा राज्यको ढुकुटी सिँध्याउने काम मात्र भइरहेको बैठकमार्फत उनले गुनासो जाहेर गरेकी छन् । तर यो विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद झाले प्रतिक्रिया दिन चाँहिनन् ।

समिक्षा बैठकमा खर्च विवरण माग्दा राजपा सांसद झामाथि दुव्र्यहारको विषय लिएर अहिले फोरम-राजपाको सम्बन्ध चिसिएको छ । दुव्र्यहार गर्ने सांसदले माफी नमागे सरकारबाट आफ्नो समर्थन फिर्ता लिन समेत राजपा संसदीय दलले निर्णय गरेको राजपा महामन्त्री मनिष सुमनले जनाए । उनका अनुसार गएको ४ जेठमा भएको प्रदेश-२ को संसदीय दलको बैठकमा यस्तो निर्णय गरिएको छ ।

कहाँ-कति खर्च?

मोदीको भ्रमणलाई सफल बनाउनको लागि काम बाँडफाड गरेर मुलसमितिसहित बिभिन्न ७ वटा उपसमितिहरु बनाइएको थियो । मुल समारोह समिति,मंच वयवस्थापन उपसमिति,सरसफाई तथा स्वागतद्वार उपसमिति,प्रचार-प्रसार उपसमिति,शान्ति सुरक्षा उपसमिति,जन परिचालन उपसमिति र आर्थिक व्यवस्थापन उपसमितिगरी साँतवटा समिति÷उपसमितिहरु बनाइएको थियो । प्रत्येक समिति÷उपसमितिहले आफ्नो जिम्मेवारी अनुसार छुट्टाछुट्टै खर्च गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

भ्रमणमा जनपरिचालन समितिको संयोजक कृषि मन्त्री शैलेन्द्र साहका अनुसार २८ बैशाखमा भएको मोदी भ्रमणमा २ सय ३० बस परिचालन गरिएको जनाए । उनका अनुसार धनुषामा ६०,महोतरीमा ७०,सर्लाहीमा ४०,रौतहटमामा ४०,पर्सामा २० गरी ८ वटै जिल्लामा आवश्यकता अनुसार बस परिचालन गरिएको छ । कृषिमन्त्री साहले रौतहटमा ४० वटा बस परिचालन गरिएको भनेपछि सांसद झाले यो गलत रहेको भन्दै आक्रोसित भएकी थिइन् । उनका अनुसार रौतहटमा १० वटा बसमात्र परिचालन गरिएको थियो । तर बढी बस पठाइएको भनेर रकम अनियमित्ता गर्न लागिएको सांसद झाले बैठकमा उठान गरेको स्रोतको भनाई छ ।

कृषिमन्त्री साहका अनुसार प्रत्येक बसमा ५ हजारको दरले खाजा व्यवस्थापन पनि गरिएको थियो । अर्थात २ सय ३० वटा बसमा साढे ११ लाखको खाजाको व्यवस्था गरिएको थियो । कृषिमन्त्री साहले बसमा खाजाको व्यवसथा गरिएको दाबी गरेपनि बसमा आएकाहरुले भने आफूले खाजा नपाएको बताएका छन् । बीरगन्जबाट आएका खुुुर्सेद आलमले आफूहरु बीरगन्जबाट भोकै जनकपुर आएको बताए । कतैबाट पनि बसमा खाजाको नपाएको उनको भनाई छ । उनले भने,‘कार्यक्रम स्थलमै पिउने पानीको समेत व्यवस्था गर्न नस्कनेले कसरी बसमा खाजाको व्यवस्था गर्ला ? ’ बस कति भाँडामा रिजर्भ गरिएको भन्ने सवालमा मन्त्री साहले रकम खुलाउन आनाकानी गरे ।

त्यस्तै सामाजिक विकास मन्त्री रामनरेश रायले प्रचार-प्रसारमा ५० लाख भन्दा बढी खर्च भएको बताए । उनका अनुसार प्रत्येक जिल्लाको रेडियो,टिभी,पत्रपत्रिका सुचना प्रकाशन÷प्रशासरण गर्न दिइएको थियो । जसमा ५० लाखभन्दा बढी खर्च भएको उनको दाबी छ । त्यस्तै मञ्च व्यवसथापनमा १ करोड ६७ लाख खर्च र पेन्टिङमा २० लाखको हाराहरीमा खर्च भएको स्रोतको भनाई छ ।

मोदीको भ्रमणको व्यवस्थापनमा ७ करोड भन्दा बढी खर्च भएपनि मुख्यमन्त्रीको कार्यालयबाट भने औपचारिक घोषणा गरिएको छैन् । मुख्यमन्त्रीको कार्यालयका अनुसार भ्रमणमा प्रदेश सरकार र जनकपुर उपमहानगरपालकाले छुट्टाछुट्टै खर्च गरेको छ,त्यही भएर खर्च विवरण आउन सकेको छैन् ।

खर्चको विषय लिएर अहिले राजपा-फोरम गठबन्धन धरमराउन थालेको छ । राजपा संसदीयदलले गरेको निर्णयमा सहमति नभए प्रदेशसमा राजपासंगको गठबन्धनमा समस्या बढ्दै गएको राजपा नेताहरुको आंकलन छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.