आमाले गाली गरेको झोकमा विष सेवन गर्दा दुई किशोरीको मृत्यु
बर्दिबास: महोत्तरीमा दुईजना बालिकाको विष सेवनबाट मृत्यु भएको छ।बलावा नगरपालिका-१ बन्चौरीकी १५ वर्षीया चन्दनीकुमारी झा र १६ वर्षीय खुसी चौधरीको विष सेवनबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुबेर कडायतले जनाए।
आमाले गाली गरेको झोकमा दुबै बालिकाले गहुँमा हाल्ने सल्पास नामक विषादी सेवन गरेको प्रहरीको प्रारम्भिक छानविनले देखाएको छ।विष सेवनपछि गाउँ नजिकैको आँप बगैंचामा छट्पटाई रहेको अवस्थामा उनीहरु भेटिएका थिए।उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजादै गर्दा उनीहरुको बाटैमा मृत्यु भएको हो।
त्यसैगरी रामगोपालपुर नगरपालिका वडा नं. ८ स्थित खेतमा एक वृद्धको शव फेला परेको छ। बर्दिबास औरही जलेश्वर सडक खण्डअन्तर्गत थलही गाउँभन्दा उत्तरपट्टीको खाली खेतमा नाम, थर, बतन खुल्न नसकेका ७० वर्षीय वृद्धको शव फेला परेको हो।तराई मुलकोजस्तो देखिने वृद्धको शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल जलेश्वर पठाइएको एसपी कुवेर कडायतले जनाए ।
प्रतिक्रिया दिनुहोस !