रोल्पाबाट नेकपाका १३ केन्द्रीय सदस्य हुँदा पूर्व एमालेबाट एक मात्र !

रोल्पाबाट नेकपाका १३  केन्द्रीय सदस्य हुँदा पूर्व एमालेबाट एक मात्र !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीकोे ४४१ सदस्यीय केन्द्रीय समितिमा रोल्पा जिल्लाबाट  पूर्व माओवादी केन्द्रबाट १३ जना केन्द्रीय सदस्य हुँदा एमालेबाट एक जना मात्रै परेका छन् ।

माओवादीको उद्गमस्थल रोल्पाबाट वर्षमान पुन‘अनन्त’, जोखबहादुर महरा‘प्रताप’, कुलप्रसाद केसी‘सोनाम’,ओनसरी घर्तिमगर‘उषा’,जयपुरी घर्तिमगर, झक्कुप्रसाद सुवेदी केन्द्रीय सदस्य भएका छन् ।

त्यस्तै दिपेन्द्र पुन, सुकबहादुर रोका, राजबहादुर बुढा,तारा घर्ति,नवीन रोकामगर र मानबहादुर बुढामगर माअाेवादीबाट केन्द्रीय सदस्य भए । 

उता पूर्व एमालेबाट गोकुल घर्तिमगर मात्रै केन्द्रीय सदस्य हुने भाग्यमानी हुन् । 

पूर्व माओवादीबाट केन्द्रीय सदस्य हुने १२ जना 
१‍. बर्षमान पुनमगर 'अनन्त' जकोट, रोल्पा
२. जोख बहादुर महरा 'प्रताप' गजुल, रोल्पा
३. कुलप्रसाद केसी 'सोनाम'कोटगाउ, रोल्पा
४. ओनसरी घर्तीमगर 'उषा'जकोट, रोल्पा
५. जयपुरी घर्तिमगर 'नमुना' राङ्सी, रोल्पा
६. झक्कुप्रसाद सुवेदी 'अधिकारू' गजुल,रोल्पा
७. दिपेन्द्र पुन 'सिजल' कोर्चाबाङ, रोल्पा
८. सुकबहादुर रोका 'सरद' जेलबाङ,रोल्पा
९. राजबहादुर बुढा 'अबिनास'कुरेली,रोल्पा
१०. तारा घर्ती 'कोटगाउ, रोल्पा
११. नवीन रोकामगर उवा, रोल्पा 
१२.मानबहादुर बुढामगर  'बिकल्प' गाम, रोल्पा

पूर्व एमालेबाट केन्द्रिय सदस्य  रोल्पाका नेता
१‍. गोकुल घर्तिमगर ,गैरिगाउ, रोल्पा

 यसैगरी रोल्पाकै नन्दबहादुर पुनमगर 'पासाङ' उपराष्ट्रपति  छन् भने कृष्णबहादुर महरा सभामुख  भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.