गृहमन्त्री भन्छन्ः अब 'ठुला माछा' र मुख्य अपराधीको पालो

गृहमन्त्री भन्छन्ः अब 'ठुला माछा' र मुख्य अपराधीको पालो

धनगढीः गृहमन्त्री रामबहादुर थापाले अब सुन तस्करीका ठूला माछा पक्राउ पर्ने क्रम सुरु भएको बताएका छन् । प्रदेश नम्बर ७ स्तरीय सुरक्षागोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री थापाले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले पक्राउ परेका गोरे भनिने चुडामणि उप्रेती पनि सुन तस्करीका ठुलो माछा भएकाले उनैबाट अरु ठुला माछा पक्रने क्रम सुरु भएको बताए ।

‘अब ठुला माछा जालमा पर्ने क्रम सुरु भयो’, थापाले भने, ‘मंगलबार मात्रै गोरे भनिने चुडामणि उप्रेतीबाट त्यो क्रमको सुरुवात भइसक्यो ।’ उनले अहिलेसम्म अपराधीक गतिविधिमा भरिया र विचौलियाहरु मात्रै पक्राउ परेको बताउँदै अब मुख्य अपराधीसम्म पुग्ने दाबी गरे ।

विकास र समृद्धिका लागि सुरक्षा अत्यावश्यक भएको बताउँदै उनले शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिबिधि हुन नदिने बताए । गृह मन्त्रालयले सुरुमा सिन्डिकेटविरुद्धको ‘एक्सन’, सुन काण्डको अप्रेशनपछि अब विकास निर्माणमा ढिलाई गर्नेलाई ‘टारगेट’ गरेको बताए । 

उनले विकास निर्माणका योजनाहरु सम्झौता गर्ने र त्यसपछि वर्षौँसम्म ढिलासुस्ती गरि सुत्ने निर्माण व्यवसायीलाई कुनै पनिहालतमा नछोड्ने बताए । ‘अहिले अर्बौँका योजनाहरु अलपत्र छन, निर्माण ब्यवसायीलाई जे गरेपनि केही हुन्न भन्ने लागेको छ’, थापाले भने, ‘तर अब ती सबैको खोजीनीति गरिनेछ ।’

गत मंगलबार गृहमन्त्रीले देशभरीका प्रमुख जिल्ला अधिकारीहरुलाई जिल्लाका विकास निर्माणका योजनाहरुमा भइरहेको ढिलासुस्ती र लापरवाहीका घटनाहरु गृहमन्त्रालयमा पठाउन निर्देशन दिएका थिए । प्रमुख जिल्ला अधिकारीहरुले अहिले जिल्लाभरको लगत पनि तयार पारिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.