नगरको विकास योजना बनाउन ‘ड्रोन’ को प्रयोग

नगरको विकास योजना बनाउन ‘ड्रोन’ को प्रयोग

सिरहाः नगरको विकास योजनालाई व्यवस्थित गर्न सिरहाको धनगढीमाई नगरपालिकाले ‘ड्रोन क्यामेरा’को प्रयोग गरी नगरको भौगोलिक अवस्थाको तस्बिर र भिडियो संकलन गर्न सुरु गरेका छन् । 

बुधवार नगरपालिकाको कार्यालयबाट नगर प्रमुख हरिनारायण चौधरीले ड्रोन उडाएर नगरको विभिन्न ठाउँको तस्विर र भिडियो खिच्न प्रारम्भ गरेका छन् ।

‘नगरले एकीकृत विकास नगर गुरुयोजना बनाएर विकासको काम अगाडि बढाएका छौँ,’ नगर प्रमुख चौधरीले भने, ‘नगरभित्र कुन कुन ठाउँ कस्तो विकासको योजना आवश्यक छ, त्यसका लागि डिजिटल म्यापिङ्गले सहयोग पुग्छ ।’

विकास र समृद्धिको लागि सञ्चार प्रविधिको प्रयोग अतिउपयोगी रहेको नगर प्रमुख चौधरीले बताए । उनका अनुसार विकासका योजना प्रभावकारी बनाउन तथ्यांक आवश्यक छ । ड्रोन उडाएर सजिलै नगरको भौगोलिक अवस्थाबारे जानकारी हुने उनले बताए ।

 सिँचाई, खानेपानी, ढल, सडक लगायतका योजना कुन वडामा के आवश्यकता छ । त्यस अनुसार योजना बनाउन मद्दत पुग्ने नगर प्रमुख चौधरीले बताए । उनका अनुसार जेठ १५ गतेभित्र नगरको सर्वेक्षण सम्पन्न हुन्छ । 

नगरभित्रको समाजिक, आर्थिक अवस्था बुझ्न नगरमा घरधुरी सर्वेक्षण पनि गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी गराए । उनका अनुसार जीपीएस ट्रयाकिङ्गको माध्यमले स्मार्ट फोनको प्रयोग गरी संकलकले नगरको सम्पूर्ण घरधुरी सर्वेक्षण गरेको छ । 

‘संकलन गरेको तथ्यांक नगरपालिकाको एप बनाएर त्यसमा राखिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, ‘नगरको सम्पूर्ण अवस्थाबारे बुझन त्यसबाट सजिलो हुन्छ ।’

दुई सय मिटर उचाईमा गएर ड्रोनले तस्बिर र भिडियो खिच्न मिल्ने ड्रोन विशेषज्ञ प्रसन्न महर्जनले जानकारी गराए । नगरका विकट वडाका पनि तस्बिर र भिडियो सजिलै संकलन गर्न सकिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.