कालिकोटको फोइकोट छाउगोठ मुक्त गाउँ घोषणा

कालिकोटको फोइकोट छाउगोठ मुक्त गाउँ घोषणा

कालिकोट :  कालिकोट जिल्लाको तिलागुफा नगरपालिका -३ फाइकोटलाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको छ । वडामा रहेका सबै गोठ भत्काएर महिनावारी भएका महिलाहरू सुरक्षित रुपमा घर भित्रै बस्न थालेपछि उक्त गाउँलाई भव्य समारोहकाबीच छाउ गोठ मुक्त वडा घोषणा गरिएको हो ।

 नगरपालिकाका ११ वटा वडा मध्ये दुईवटा वडा छाउगोठ मुक्त घोषणा भएका छन् । छाउ प्रथा नमान्ने, गोठमा नबस्ने, खान बस्नमा विभेद नगर्ने वडाबासीहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् ।

तिलागुफा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता तथा वडा नं १ का वडा अध्यक्ष दलबहादुर कटुवालको प्रमुख आतिथ्यतामा सामुहिक प्रतिवद्धता भएको छाउगोठ मुक्त वडा कार्यक्रममा महिलाहरुलाई महिनावारी भएको समयमा सुरक्षित बास र पोषिलो खानेकुरा खुवाउने र घर बाहिर नबसाल्ने सबैले वाचा गरे ।

 वडा अध्यक्ष कटुवालले नगरका सबै वडासहित नगरलाई नै छाउगोठ मुक्त नगरका रुपमा घोषणा गर्ने अभियान संचालन गर्ने बताए । उनले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपढी प्रथालाई न्युनिकरण गर्न वडास्तरबाट अभियान चलाउने जानकारी दिए । तिलागुफा नगरपालिकाको वडा नं. ३ मा रहेका ३ सय २१ घरधुरीहरु अब छाउगोठ मुक्त भएको वडाअध्यक्ष शाहीले बताए ।

उनले छाउपढी प्रथाको अन्त्यका लागि आफुबाटै सुरुवात गरेको बताए । उनले भने, ‘परम्परादेखि प्रचलनमा रहेका सकारात्मक कुराहरुरुको संरक्षण र गलत कुराहरुको अन्त्य गर्न युवाहरुले नेतृत्व लिनु आवश्यक छ ।आफ्नो वडामा रहेका सबै सरोकारवालाहरुको सहयोगमा छाउगोठ मुक्त गाउँ बनाउन सहज भएको हो ।’

स्वास्थ्य चौकी फोइकोटकी इन्चार्ज बास्मती शाहीले महिलाहरु आफैले म छुई छु नछुनुस भनेर पुरुषहरुबाट किनारा लाग्दा यो प्रथा न्युनिकरणमा चुनौती रहेको बताइन् । उनले फोइकोटका स्थानीयले यसलाई कुसंस्कारका रुपमा बुझेर छाउगोठ मुक्त वडा बनाउन सफल भएको बताउदै अभियानलाई नगरका सबै वडाहरुमा व्यापकताका साथ चलाइने बताइन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.