मदन भण्डारी लोकमार्ग पश्चिमबाट सुरु हुने

मदन भण्डारी लोकमार्ग पश्चिमबाट सुरु हुने

धनगढी ः पुर्नगठित नेपाल कम्युनिष्ट पार्टीका स्थयी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले मदन भण्डारी लोकमार्ग पश्चिमबाट निर्माण सुरु हुने बताएका छन्। पार्टी एकीकरणपछि गृहजिल्ला आएका भट्टले पत्रकारहरुसँगको भेटघाटमा मदन भण्डारी लोकमार्ग पश्चिमबाट सुरु हुने बताएका हुन्।

‘संघीयता अघि जुनसुकै योजना पनि पूर्वबाट पश्चिम सुरु भए तर यसपाली मैले बजेटमा मदन भण्डारी राजमार्ग पश्चिमबाट सुरु गर्ने कुरा राख्न भनेको छु, अर्थमन्त्री त्यसमा सकारात्मक हुनुहुन्छ’ पत्रकार सम्मेलनमा भट्टले भने। 
गत आइतबारको मन्त्रिपरिषद्को बैठकले स्व. नेता  मदन भण्डारीका नाममा चौथो पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने महत्वाकांक्षी कार्यक्रम अघि सारेको थियो। पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेलधुराको रूपाल (महाकाली नदी)  सम्म मदन भण्डारी लोकमार्ग बनाउने निर्णय मन्त्रिपरषद्ले गरेको छ  ।

१२ सय किलोमिटर लम्बाईको यो राजमार्ग पूर्व–पश्चिम राजमार्गको समानान्तर हुँदै चुरे र भित्री मधेसमा पर्ने झापाको शान्तिनगरदेखि चतरा, गाईघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, तम्घास, सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेतको बबड्डीचौर हुँदै डोटीको बीपीनगर, कैलालीको सहजपुर र डडेल्धुराको भित्रीमधेस जोगबुढा हुँदै रूपालसम्म निर्माण हुनेछ। 

यो लोकमार्गले चुरे र भित्री मधेसमा पर्ने १४ जिल्ला झापा, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, नवलपरासी, पाल्पा, गुल्मी, प्यूठान, दाङ, सुर्खेत, डोटी, कैलाली र डडेलधुरालाई जोड्ने छ।पूर्व–पश्चिम महेन्द्र लोकमार्ग, हुलाकी लोकमार्ग र मध्यपहाडी लोकमार्गपछि सरकारले चौथो योजना अघि बढाउन लागेको हो। तीति तथा कार्यक्रममार्फत सरकारले यो लोकमार्ग निर्माण गर्ने घोषणा गरिसकेको छ। जेठ १५ मा आउने बजेटमा रकम विनियोजन गरिने जानकारी नेता भट्टले दिए।

उनले यसपालीको बजेटमा प्रदेश ७ मा सञ्चालित योजनाहरुमा पर्याप्त बजेट आउने र धेरै नयाँ योजना पनि आउने बताए। नीति तथा कार्यक्रमपछि कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाह, प्रदेश नम्बर ७ को समृद्धिसँग जोडिएका तीन वटा राजमार्गहरु, धनगढी–दिपायल–ताक्लाकोट, सेती लोकमार्ग र महाकाली करिडोरका लागि पनि प्रर्याप्त बजेट आउने उनले बताए।

‘कैलालीको धनगढीबाट सुरु भएर साविकको क्षेत्रीय सदरमुकाम दिपायल हुँदै चीनको ताक्लाकोट जोडने राजमार्गका लागि मैले विषेश पहल गरेको छु, यसको निर्माण पनि तिब्र रुपमा हुन्छ र पर्याप्त बजेट पनि आउछ’ उनले भने। ‘यो राजमार्गको बझाङमा पर्ने हिमालमा त सुरुङ मार्गको प्रस्ताव गरेको छु।’ 

बझाङको उरै भञ्ज्याङ देखि चीनको ताक्लाकोट जोडनका लागि झण्डै ४० किलोमिटर हिमाली क्षेत्र पर्छ। त्यहाँ चार÷पाँच महिना बाहेक वर्षभरी बाक्लो हिउँ जम्ने भएकाले त्यहाँ सुरुङ मार्गका लागि योजना बनाउन भनिएको नेता भट्टले बताए। उनले पश्चिम सेती आयोजना लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय जनताको सेयमा सुरु गर्नुपर्ने कुरा प्रधानमन्त्री सँग भएको बताए। ‘पश्चिम सेतीको उर्जा क्षमता घटाएर पनि बनाउनु पर्ने भन्ने कुरा बाहिर आएको छ, म त्यसमा तयार छैन, मेगावाट घटाएरै योजना बनाउने हो भने सेती र बुढीगंगाको दोभानमा अर्को योजना बनाउनुपर्छ, तर पश्चिम सेती घटाएर बनाउनु भन्दा संघीय सरकार, प्रदेश सरकार र जनताको लगानीमा निर्माण गर्ने कुरा गरेको छु’ उनले भने।

उनले धनगढी विमानस्थललाई अन्तराष्ट्रि विमानस्थल बनाईएर पहाडमा पक्कि भइरहेका विमानस्थल सुचारु गरी पर्यटन प्रबर्धनका लागि पनि कार्यक्रम आउने बताए। प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनालाई सबै जिल्लामा विस्तार गरि पाँच वर्षमा आर्गेनीक उत्पादनमा आत्मनिर्भर हुने योजना बजेटमा समाबेश हुने बताए।  यसपालीको बजेटमा कञ्चनपुरको छेला र कैलालीको डुँडेझारीमा विषेश औद्योगिक क्षेत्र निर्माणका लागि पनि बजेट आउने बताए। ‘बेरोगारी कम गर्न र यस क्षेत्रमा पनि उद्योगधन्दा खोल्नका लागि यी दुई स्थानमा काम सुरु गरिहाल्न जरुरी भएकाले मैले बजेटमा विषेश औद्योगिक क्षेत्र पनि समेटिनु पर्छ भनेको छु’ उनले भने। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.