दाङमा झाडापखाला प्रकोप : २५ प्रतिशतमा दोहोरियो, चारसय ५० जनामा संक्रमण

दाङमा झाडापखाला प्रकोप : २५ प्रतिशतमा दोहोरियो, चारसय ५० जनामा संक्रमण

दाङ : दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको प्रकोप सामान्यतिर जान थालेको छ। शुक्रबारदेखि सुरू भएको महामारीका रुपमा रहेकको झाडापखाला आइतबार बिहानदेखि  सामान्य अवस्थामा पुगेको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि पुनले जानकारी दिए। 

आइतबार मात्रै ३० जना नयाँ बिरामी उपचारका लागि आएका छन्। शनिबार ४ सय १९ जनालाई उपचार गरिएको थियो। शान्तिनगर गाउँपालिका ३ चिराघाट क्षेत्रमा शुक्रबार रातिदेखि देखिएको झाडापखालाको महामारी नियन्त्रण हुन नसकेपछि शनिबार राति विशेषज्ञसहितको राप्ती अञ्चल अस्पतालको चिकित्सको टोली, नेपाली सेनाको १९ नं बाहिनीको चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको थियो।

अहिले गाउँपालिकाको स्वास्थ्य शाखाका १० जनाको टोली र नेपाली सेनाको ८ जनाको चिकित्स टोली प्रभावित क्षेत्रमै बसेर स्वास्थ्य सेवा दिइरहेको छ। शनिबार भन्दा अवस्था सामान्यतर्फ गएको पुनले जानकारी दिए। 

शान्तिनगरको तीनवटा गाउँमा भएको झाडापखाला प्रकोपले सय पचास जना बढी बिरामी परेका छन्। त्यसमा २५ प्रतिशत बिरामीहरुमा पूनः झाडा पखाला दोहोरिएको प्रमुख पुनले बताए। अवस्था समान्यतिर जादैँ गर्दा निको नभएर दोहोरिनेो संख्या २५ प्रतिशत पुगेको छ। ‘उहाँहरुलाई तेस्रो चरणको उपचार गरिरहेका छौ। बिरामीहरु मध्ये २ सय जना गम्भीर अवस्थाका र उनीहरुमा जलविनियोजनको लक्ष्यण देखिएको छ।’ उनले भने। 

माइलीपानी मुहानको पानी र खोलामा भएको धमिलो पानी खाँदा गाउँमा झाडापखालाको प्रकोप फैलिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगीले बताए। उनले नियन्त्रणको लागि गाउँपालिका पूर्णरुपमा लागि परेका भन्दै उपचारमा कुनै प्रकारको कमी आउन नदिने बताए। गाउँपालिकाको स्रोत साधन सबै बिरामीका लागि प्रयोग भइरहेको उनको भनाई छ। यसको प्रत्यक्ष असरमा महिला, बृद्धवृद्धा र बालबालिकाहरु परेका छन्।  

शान्तीनगर गाउँपालिका वडा नं ३ चिराघाट, पातेटाकुरा बयाले लगायतका क्षेत्रमा झाडापखालाको प्रकोप फैलिएको छ। उनीहरुको शान्तिनगर स्वास्थ्य चौकी र राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको शान्तिनगर गाउँपालिकाका प्रमुख डाँगीले जानकारी दिए।  

याे पनि पनि पढ्नुहाेस्

प्रदूषित पानीले सिंगै गाउँमा झाडापखाला

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.