अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन आजदेखि

अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन आजदेखि

धरान : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको प्रदेश १ स्तरीय छनोट आइतबारदेखि धरानमा सुरु हुँदैछ । अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा हुने प्रतियोगिताको खेल संघीय प्रहरी एकाइ कार्यालय धरानको कभर्डहलमा हुनेछ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गर्नेछन् ।

प्रतियोगिताका लागि प्रदेश १ का विभिन्न १० जिल्लाका ८० खेलाडीले सहभागिता जनाउने प्रतियोगिताका स्थानीय संयोजक रकम माबुहाङ लिम्बूले जानकारी दिए । ६ विधामा खेलाइने प्रतियोगितामा ६५ जना पुरुष र १५ जना महिला खेलाडी सहभागी हुने संयोजक लिम्बूले जानकारी दिए ।

प्रतियोगितामा यू-१९ पुरुष, यू-१९ महिला, पुरुष सिंगल, महिला सिंगल, पुरुष डबल्स र मिक्स डबल गरी ६ विधामा खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका मुख्य रेफ्री उदय अर्यालले बताए ।

यू-१९ विधामा पुरुष सिंगलतर्फ २५ जना र महिलामा आठजना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । महिला सिंगलतर्फ पनि आठजनाले प्रतिस्पर्धा गर्नेछन् । मिक्स डबलतर्फ १० जोडीले सहभागिता जनाउनेछन् । पुरुष डबलतर्फ २२ जोडी तथा पुरुष सिंगलमा २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेश १ को सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, उदयपुर, तेह्रथुम, संखुवासभा, खोटाङ र भोजपुरबाट खेलाडीहरू प्रतियोगितामा सहभागी हुन धरान आइसकेका छन् । सातै प्रदेशमा पहिलो चरणको छनोट प्रतियोगिताका विजेता र उपविजेतालाई काठमाडौंमा हुने अन्तिम चरणको प्रतिस्पर्धामा सहभागी गराइने अन्नपूर्ण मिडिया नेटवर्कका प्रदेश १ का एरिया इन्चार्ज नरेश दाहालले बताए । प्रतियोगिताको अन्तिम चरणको खेलमा विभिन्न १२ देशका खेलाडीले सहभागिता जनाउनेछन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.