'कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतलाई बुझायो'

'कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतलाई बुझायो'

 सन्धिखर्क : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई खारेज नगरिए संघीयताले देश खारेज गर्न सक्ने बताए। विदेशबाट आउने रेमिटान्सले देश चल्न नसक्ने भन्दै वार्षिकरुपमा विदेशबाट आउने ७ खर्बले यो देशलाई धान्न नसक्ने भन्दै उनले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने बताए। 

पूर्व उपप्रधानमन्त्री समे केसीले कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतलाई बुझाएको बताएका छन्।  नेता केसीले देशमा वामपन्थीको सरकार भएपनि भ्रष्टाचार, महंगी र कालोबजारी बढेको बताउदै सरकारले राष्ट्रवादी कुरा गरेपनि देशको राष्ट्रियता, सार्भभौमिकता र अखण्डता कमजोर बनेको बताए।। केसीले आफ्नो पार्टीले एमाले र माओवादीको एकतालाई स्वागत गरेको बताउदै एकतालाई दीर्घकालीन बनाउन आग्रह समेत गरे।

 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीकोे राष्ट्रियताको रक्षा र संघियताको खारेजी हाम्रो अभियान, समृद्ध अर्घाखाँचीको लागि चौथो जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ  सुरु भएको सम्मेलनको उदघाटन गर्दै उनले यस्तो बताएका हुन्।  

उनले सरकारले बिभिन्न क्षेत्रको सिण्डीकेट हटाएर राम्रो काम गरेकोप्रति धन्यबाद दिदै, अब सत्तामा रहेका ठूला भ्रष्टाचारी र तस्करीहरुलाई जनताले देख्नेगरी कारवाही गर्नुपर्ने बताए  । उनले नेपालको जल, जमिन, जंगललाई भारतले होल्ड गरेर आफ्नो अनुकुलमा राख्न खाजेको उल्लेख गर्दे विभिन्न समयमा भारतसँग भएका असमान सन्धी भारतको पक्षमा भएको बताए  ।

कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतलाई बुझाएको भन्दै नेता केसीले देशमा वामपन्थीको सरकार भएपनि भ्रष्टाचार, महंगी र कालोबजारी बढेको बताउदै सरकारले राष्ट्रवादी कुरा गरेपनि देशको राष्ट्रियता, सार्भभौमिकता र अखण्डता कमजोर बनेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.