अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन धरानमा सुरु

अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन धरानमा सुरु

धरान : अन्नपूर्ण पोष्ट् इन्टरनेसनल कर्पोरेट व्याडमिन्टन प्रतियोगिताको एक नम्बर प्रदेश स्तरीय छनौट प्रतियोगिता सुरु भएको छ।अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा आइतबार बिहानदेखि  प्रतियोगिता सुरु भएको हो।

 
प्रतियोगिताको उद्घाटन  प्रदेश नम्बर एकका सभामुख प्रदीप भण्डारीले गरे।उनले खेलकुदले मानवलाई स्वास्थ्य बनाउनुका साथै देशलाई चिनाउने अर्को माध्यम भएको बताए। उनले खेल क्षेत्रको विकासलाई सरकारले व्यवस्थित गरी खेलाडीको जीवन धान्नका लागि स्वरोजगार बनाउनुपर्ने बताएका छन्।

उनले पछिल्लो समय खेलकुदको माध्यमबाट खेलाडीले नेपालको गरिमा उच्च बनाएको प्रसंग कोट्यादै खेलाडी अभाव हुन नदिन राज्यले लगानी गर्नुपर्ने सुझाव दिएका छन्। सभामुख भण्डारीले ब्याडमिन्टन प्रतियोगिता सुरु गरी खेलाडीलाई प्रोत्साहित गरेकोमा अन्नपूर्ण मिडिया नेटवर्कलाई धन्यवाद दिए। 

कार्यक्रमका विशेष अतिथि नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामाले ब्याडमिन खेल मानव स्वास्थ्यका लागि महत्वपूर्ण औषधि भएको बताए।उनले अन्नपूर्ण मिडिया नेटवर्कले धरानमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेर धरानलाई ब्याडमिन्टनको सहरले चिनाउन मद्धत पुर्‍याएको बताए।

कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी हरिबहादुर पाल,सुनसरी ब्याडमिन्टन संघका उपाध्यक्ष मणि थापा, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका प्राध्यापक तुलाराम भण्डारी, विजयपुर हस्पिटल धरानका डाइरेक्टर प्रभाव खतिवडा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साह, इलाका प्रशासन कार्यालय धरानका प्रमुख जयराम श्रेष्ठलगायतको उपस्थिति थियो।
 
ब्याडमिन्टन प्रतियोगितामा प्रदेश १ का विभिन्न दश जिल्लाका ८० खेलाडीले सहभागिता जनाउने प्रतियोगिताको स्थानीय संयोजक रकम माबुहाङ लिम्बूले बताए। ६ विधामा खेलाइने प्रतियोगितामा ६५ जना पुरुष र १५ जना महिलाको सहभागिता रहेको छ।

१९ वर्ष मुनिको प्रतियोगितामा सिंगल पुरुषतर्फ २५ जना र महिलातर्फ ८ जना खेलाडीले प्रतिष्पर्धा गर्दैछन्। महिला सिंगलतर्फ पनि ८ जनाले प्रतिष्पर्धा गर्ने संयोजक लिम्बूले बताए। मिक्स डबल‍तर्फ १० टीमले सहभागिता जनाउने भएका छन्। पुरुष डबलतर्फ २२ टीम तथा  पुरुष सिंगलमा २० जना खेलाडीले  सहभागिता जनाएका छन्। 

प्रतियोगिता अण्डर १९पुरुष/महिला, खुल्ला सिंगल पुरुष/महिला, पुरुष डबल्स र मिक्स डवल गरी ६ विधामा  खेलाडीलाई प्रतिष्पर्धा गराइने प्रतियोगिताका मुख्य रेफ्री उदय अर्यालले बताए। सातवटै प्रदेशमा पहिलो चरणको छनौट प्रतियोगिताका विजेता र उपविजेतालाई फाइनल  प्रतियोगितामा सहभागी गराइनेछ।

छनौट प्रतियोगिताको समापन मंगलबार हुनेछ।काठमाडौंमा हुने फाइनल प्रतियोगितामा विभिन्न १२ देशका खेलाडीको सहभागी हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.