नेकपाले फिर्ता लियो प्रदेश २ सरकारको समर्थन

नेकपाले फिर्ता लियो प्रदेश २ सरकारको समर्थन

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा मुख्यमन्त्री लालबाबु राउतले दिएको विवादित भाषणका कारण उत्पन्न तनाव सरकारको समर्थन फिर्तासम्म पुगेको छ ।

आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको छ । प्रदेश २ को संसदमा नेकपाको ३२ सिट रहेको छ । 

तत्कालीन नेकपा एमाले संसदीय दलका सत्यनारायण मण्डलले संसदमा बोल्दै मोदी भ्रमणका बेला विपक्षीलाई बेवास्ता गरेको जनाउँदै सरकारको समर्थन फिर्ता लिइएको घोषणा गरे । 

त्यसैगरी तत्कालीन माओवादी केन्द्रकातर्फबाट सांसद रामचन्द्र मण्डलले पनि राउत नेतृत्वको सरकारको समर्थन फिर्ता लिइएको बताए । ‘मोदी आउँदा मुख्य प्रतिपक्षीलाई बेवास्ता गरियो’, मण्डलले भने ‘सरकारले हामीलाई बेवास्ता गरेका कारण हामील्े यस्तो कमद चालेका हौँ, आजैदेखि सरकारको समर्थन फिर्ता लिएका छौँ ।’

सरकारको विरोध गर्ने क्रममा नेकपा सांसदहरुले बैठकबाट उठेर सदन पनि अवरुद्ध गरेका छन् । मुख्यमन्त्रीले बोल्न समय मागेपछि नेकपा सांसदहरुले उठेर विरोध जनाएपछि संसद अवरुद्ध भएको हो । 

मुख्यमन्त्रीलाई बोल्न नदिइएपछि सभामुख सरोजकुमार यादवले प्रदेश सञ्चालन नियमावली २०७५ को दफा २० अनुसार सभामुखले गरेको निर्णयमा अवरोध गर्न नपाइने भन्दै बैठकमा अवरोध नगर्न आग्रह गरेका थिए । 

तर नेकपा सांसदहरुले सभामुख पनि जनता भन्दा माथि नहुने बताउँदै सभामुखले आफ्नो कुरा लाद्न नपाउने जिकिर गरेका थिए । त्यसपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.