नेपालगन्ज गोल्डकप फुटबल २१ जेठदेखि

नेपालगन्ज गोल्डकप फुटबल २१ जेठदेखि

नेपालगन्जः  बाँकेमा सर्वाधिक राशीको फुटबल प्रतियोगिता ‘नेपालगन्ज गोल्डकप’को तेस्रो संस्करण आगामी २१ जेठदेखि हुने भएको छ । 

बाँके जिल्ला फुटबल संघ (एन्फा) ले आयोजना गर्ने तेस्रो संस्करणको मुख्य प्रायोजन टुवोर्ग वियरले गरेको छ । ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण नेपालगन्ज रंगशाला निर्माणाधीन रहेकाले खजुरा गाउँपालिका–४ डीगाउँस्थित नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयको चौरमा गरिनेछ । 

प्रतियोगितामा ए डिभिजनका त्रिभुवन आर्मी, एपीएफ, संकटा क्लब, च्यासल क्लब, लगायत नेपालगन्ज ११, रुपन्देही ११, सुदूरपश्चिम ११ र भारतीय पन्जाब ११ सहभागी हुने एन्फाका बाँके अध्यक्ष भोजराज शाहीले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख र दोस्रो टिमलाई २ लाख ५१ हजार राशी रहेको छ । म्यान अफ दि सिरिजलाई मोटरसाइकल, उत्कृष्ट स्ट्राइकर, गोलरक्षक, प्रशिक्षक लगायतलाई १०÷१० हजार र म्यान अफ द म्याचलाई मोबाइल दिने आयोजकले जनाएको छ । प्रतियोगिताको ७५ लाख रुपैयाँ बजेट रहेको छ । 

प्रतियोगितामा स्थायीय आयोजकको रुपमा डाँफे युवा क्लब रहेको छ । क्लबका अध्यक्ष तिलकवीर  सुनारले रातदिन काम गरेर प्रतियोगिताको ७५ प्रतिशत तयारी पूरा भइसकेको बताए । उनले भने, ‘गाउँमा ए डिभिजन लेवलको फुटबल प्रतियोगिता आयोजना गर्न पाउँदा हामी औधि खुसी छौं ।’ नक आउट विधिमा खेलाइने प्रतियोगिता जेठ २१–२८ सम्म सञ्चालन हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.