तिनाउबाट विद्युत् उत्पादन बन्द

तिनाउबाट विद्युत् उत्पादन बन्द

बुटवल ः बुटवलमा रहेको तिनाउ पावर हाउसको स्तरोन्नति योजना अलपत्र पर्दा विद्युत् उत्पादन बन्द भएको छ। चार वर्षअघि तिनाउ पावर हाउस सुदृढीकरण आयोजनामार्फत विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो। तिनाउसँगै सुन्दरीजल विद्युत् आयोजनाको स्तरोन्नति गरी उत्पादन वृद्धि गर्ने योजना प्राधिकरणले बनाएको थियो। सुन्दरीजल आयोजनाको उत्पादनमा सुधार भए पनि तिनाउ पावर हाउसलाई प्राधिकरणले बेवास्ता ग¥यो।

एक मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाबाट पछिल्लो समय पाँच सय किलोवाट मात्रै उत्पादन भएको थियो। मेसिन जीर्ण बन्दै गएपछि उत्पादनमा ह्रास आउँदासमेत मर्मत गरिएको छैन। मानव निर्मित सुरुङबाट बनेको पावरहाउसबाट अहिले विद्युत् उत्पादन बन्द भएको छ।

विद्युत् उत्पादन आयोजना उत्पादन निर्देशनालय मातहत हुनुपर्नै भए पनि यो पावरहाउस वितरण निर्देशनालयअन्तर्गत राखिएको छ। यो आयोजना अहिले प्राधिकरणको बुटवल वितरण केन्द्रले हेर्दै आएको छ। पावरहाउसमा रहेका तीनवटै टर्बानइन बन्द भएका छन्। पावरहाउसका सहायक मेकानिकल इन्जिनियर सुशील बस्यालले मेसिन जीर्ण अवस्थामा भएकाले सञ्चालनमा समस्या भएको बताए।

‘दुईवटा टर्बाइन बन्द भएको धेरै भयो’, उनले भने, ‘चालु रहेको एउटा टर्बाइनको पनि बेरिङ भाचिएपछि बन्द छ।’ बिग्रिएपछि मात्रै मर्मत गर्ने बानीले मेसिन जीर्ण भएको उनले बताए।

पावरहाउसमा रहेका तीनवटै टर्बानइन बन्द भएका छन्।

दुई सय ५० किलोवाटका दुई र पाँच सय किलोवाटका एउटा टर्बाइन पावर हाउसमा छन्। तीन मेगावटासम्म विद्युत् उत्पादन गर्न सकिने भए पनि आयोजना सुधारमा प्राधिकरणले चासो दिएको छैन।

बुटवलका उद्योगी व्यवसायीले तिनाउ पावर हाउसको स्तरोन्नति गर्न माग गर्दै आएका छन्। बुटवल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठले तिनाउ पावर हाउसको सुधार हुन नसके निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनुपर्ने माग गरे पनि नपाएको बताए। ‘हामीले ६ वर्षअघि माग गरेका थियौं, तर दिइएन’, उनले भने।

यहाँबाट उत्पादन भएको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ भने स्थानीय अस्पताल, खानेपानी, रक्तसञ्चार केन्द्रमा सीधै जडान गरिएको छ। यसले बुटवलको माग थेग्न सक्ने भए पनि प्राधिकरणले बेवास्ता गर्दै आएको प्राविधिकहरू बताउँछन्।

नर्वेको सहयोगमा बुटवल पावर कम्पनीले २०२४ सालदेखि पावर हाउस बनाउन सुरु गरेको थियो। २०३८ सालमा तत्कालीन विद्युत् कर्पाेरेसनलाई हस्तान्तरण गरिएको थियो। झन्डै ५० वर्ष पुराना मेसिनबाट विद्युत् उत्पादन हुँदै आएको छ। विद्युत् प्राधिकरणले बिग्रिँदाबाहेक अन्य समयमा नियमित मर्मतसम्भार पनि गरेको छैन।

सहायक इन्जिनियर बस्यालले समयमै मर्मत नहुँदा जीर्ण मेसिन बन्द हुने गरेको बताए। पाँच सय किलोवाटको टर्बाइन करिब १० दिनमै सञ्चालन हुने उनले जानकारी दिए। तर, अरु दुई टर्बाइनको मर्मतमा चासो समेत दिइएको छैन।

चार वर्षअघि विद्युत् प्राधिकरणले तिनाउ पावर हाउस सुदृढीकरण आयोजना बनाएर त्यसको अध्ययन गरेको थियो। चिनियाँ प्राविधिकसहित आयोजनाका पदाधिकारीले पावर हाउसको अध्ययन गरे पनि अहिलेसम्म प्रतिवेदन दिएका छैनन्।

तत्कालीन आयोजना प्रमुख केशव श्रेष्ठले अध्ययन प्रतिवेदन एक महिनाभित्रमा आउने बताए। त्यसअघि तिनाउ पावर हाउसमा भएको एक अध्ययनले तीन मेगावाटसम्म विद्युत उत्पादन गर्ने प्रतिवेदन ल्याएको थियो। तर त्यसका लागि पानीको ड्यामदेखि अन्य प्राविधिक पक्षमा सुधार ल्याउनुपर्ने सुझाव उनको थियो।

कुनै बेलाको नमुना आयोजना प्राधिकरणको बेवास्ताले कारण धाराशायी हँदै गएको जानकार बताउँछन्। तिनाउमा बनेको विद्युत्गृहसँगै रूपन्देहीमा औद्योगिकीकरणको सुरुआत भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.