झाडापखाला प्रकोप : साढे ११ सयलाई संक्रमण

झाडापखाला प्रकोप : साढे ११ सयलाई संक्रमण

तुलसीपुर : दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको प्रमुख कारण दूषित पानी भएको पत्ता लागेको छ । स्थानीय खोलाको प्रदूषित पानी खाँदा झाडापखाला प्रकोप देखिएको जिल्ला खानेपानी डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयका इन्जिनियर तिलक न्यौपानेले पानीको मुहान प्रदूषित हुँदा यो अवस्था आएको हुन सक्ने अध्ययनले देखाएको बताए ।

‘पानीको परीक्षण हुँदै छ, सोमबारसम्म रिपोर्ट आउँछ,’ उनले भने, ‘पानीबाहेक अरूको असर होइन ।’ उनले धेरै टोलमा एकैसाथ यो अवस्था आएकाले पानी नै मुख्य कारण भएको पुष्टि भएको बताए । न्यौपानेले मुहान आसपास जंगल र बस्ती भएको र केही दिनअघि आएको भलको फोहोर मुहानमा मिसिँदा यस्तो भएको हुन सक्ने बताए ।

माइलीपानी खानेपानी मुहान नजिकै ठूलो बस्ती रहेको र त्यो बस्तीले खुला रूपमा सौच गरेका कारण मुहानमा दिसाका कीटाणु जाँदा गाउँमा झाडापखाला भएको स्थानीय स्वास्थ्यकर्मी विमल केसीले बताए । उनले झाडापखालाको जिवानुले ठिलो असर गर्ने गरेको देखिएको उनले बताए ।

शुक्रबारदेखि सुरु भएको प्रकोप आइतबारसम्म आइपुग्दा बिरामीको सख्या एक हजार एक सय ३४ जना पुगेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले प्रकोपले जटिलरुप नलिए पनि विरामीको सख्या बढी रहेको बताए । हामीले प्रकोपलाई नियन्त्रण गरेका छौ, पुनले भने, तर बिरामी घटाउन सकेनौ, आइतबर मात्रै तीन गुणा बढी बिरामी उपचारका लागि आएका छन् ।' उनले अबस्था सामान्यतिर जान थालेको बताए । उनले केही बिरामी दोहोरिएर उपचार गराउन आएको उनले बताए ।

गाउँपालिका अध्यक्ष कमानसिह डागीले गाउँपालिले प्रकोप नियन्त्रणको लागि २४ घण्टा जागरुप भएर काम गरिरहेका बताए । उनले उपचारमा कुनै पनि समस्या आउन नदिने गरि ब्यवस्था मिलाइएको बताए । माइलीपानी मुहानको पानी र खोलामा भएको धमिलो पानी खादा गाउँहरुमा झाडापखालाको प्रकोप फैलिएको र त्यसको सहज ब्यवस्थापनको लागि तथा नियन्त्रणको लागि गाउँपालिकाले सबै प्रयास गरिरहेको उनको भनाई छ । उनले प्रकोप नियन्त्रणको लागि पालिकाको टोलि तीन दिन देखि अनवरत रुपमा खटिराखेको जानकारी दिए । झाडापखालामा महिलाहरु वढि प्रभावित भएका छन ।

आइतबार प्रभावित क्षेत्रमा तुलसीपुर खानेपानी संस्थाले पानीको टेङकर गाउँमा  पुर्‍याएर खानेपानीको ब्यवस्था मिलाइदिएको छ । आइतवार मात्रै गाउँपालिका, नेपाली सेना, स्वास्थ्यकर्मी सघ, राप्ती उपक्षेत्रीय अस्पतालको चिकित्सकको टोलीले दिनभरी उपचार गरेको छ ।

प्रभावित क्षेत्रमा आइतवार खानेपानी डिभिजन कार्यालय, नेपाल रेडक्रस लगायतका विभिन्न निकायहरुले विभिन्न सहयोग सामग्री र पानी शुद्धिकरण गर्ने किटहरु प्रदान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.