सुक्न थाले शुक्लाफाँटाका ताल

सुक्न थाले शुक्लाफाँटाका ताल

महेन्द्रनगर : लामो खडेरीका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका प्राकृतिक ताल सुक्न थालेका छन्।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको सबैभन्दा ठूलो र आकर्षक तालका रुपमा रहेको रानी ताल पनि सुकेको छ।

उक्त ताल सुकेको झण्डै दुई हप्ताभन्दा बढी भइसकेको छ। गतवर्षमा थोरै पानी रहेको उक्त ताल यसवर्ष भने पूर्ण रुपमा सुकेको छ। लामो खडेरी र तालको नियमित सरसफाइको अभावमा प्राकृतिक तालहरु सुक्दै जान थालेका छन्।

यहाँका तालहरु सुक्दै जाँदा निकुञ्जको सुन्दरतासँगै सीमसार क्षेत्रमा पाइने वन्यजन्तु लोप हुने खतरा बढेको छ।ताल सुकेपछि त्यहाँ रहेका माछा मरेका छन् भने तालमा पानी पिउन आउने जनावरलाई समेत सास्ती भएको छ।

उक्त तालमा माछा, गोही र विभिन्न प्रजातिका चराचुरीङ्गी पाइन्थे। 'यो ताल यसवर्ष पूरै खडेरीले सुक्यो, यसअघि यस्तो कमै हुन्थ्यो' शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरले भने।

'अब यो तालको संरक्षण नगरे आगामी दिनमा तालको नामनिसाना नै गुम्ने देखिन्छ। उनले उक्त तालमा अब सोलार जडान गरेर भएपनि पानी अभाव हुनबाट बचाउने बताए। उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका अन्य प्राकृतिक तालमा समेत पानीको मात्रा क्रमशः घट्दै गएको छ। 

लामो खडेरी र तालको नियमित सरसफाइको अभावमा  तालहरु सुक्दै जान थालेका छन्।

'पानी नपरेको धेरै भयो, दिनप्रतिदिन तापक्रम बढ्ने क्रममा छ' उनले भने। 'प्राकृतिक तालमा पानीको अभाव हुँदै गए जनावरलाई समेत समस्या आउनेछ। तालमा पानी सुके जनावरले बासस्थान परिवर्तन गरेर अन्यत्र जाने अवस्था आउन सक्छ।

रानीताल सुकेपनि नजिकै चौधर नदी रहेकाले जनावरलाई असहज नहुने संरक्षणकर्मी बताउँछन्। शुक्लाफाँटामा रानीताल, सोलगौडी ताल, शिकारी ताल, कालिकिच ताल, तारा ताल, घुमाउन ताल लगातका दर्जनबढी प्राकृतिक तालहरु रहेका छन्। विगतमा प्राकृतिक तालबाटै वन्यजन्तुलाई पानी पुग्ने गरेपनि ताल सुक्दै जान थालेपछि निकुञ्ज प्रशासनले कृतिम पोखरी निर्माण गरेको छ।

'हामीले जनावरलाई पानी अभाव हुन नदिन ठाउँठाउँमा कृतिम पोखरी निर्माण गरेका छौं' सहायक वार्डेन घिमिरेले भने। 'अहिलेसम्म हामीले झण्डै २५ भन्दा बढी पोखरी खनिसकेका छौं।' ती मध्ये धेरैजसो सञ्चालनमा रहेका छन्। निकुञ्जले ६ वटा पोखरीमा सोलार प्रविधि जडान गरेर पानीको व्यवस्थापन गर्दै आएको छ भने अन्य स्थानमा बोरिङ प्रविधि र पम्पसेटका माध्यमबाट पोखरीमा पानीको व्यवस्थापन गरेको छ।

'सोलारमा बिहान, दिउँसो र साँझ पोखरीमा पानी भरिन्छ' उनले भने, 'बोरिङ र पम्प सेटमा भने २-३ दिनको फरकमा पानी भर्ने गरिन्छ।'

दिनप्रतिदिन बढ्दो तापक्रमका कारण कृतिम पोखरीमा भरेको पानी समेत सुक्दै गएको छ। पानी अभाव हुन नदिन अब थप कृतिम ताल निर्माणको कामलाई अघि बढाउने निकुञ्ज प्रशासनले जनाएको छ। बाह्रसिंगे र अधिकाशं दुर्लभ वन्यजन्तुको वासस्थान रहेको शुक्लाफाँटा घाँसे मैदानमा मात्रै ४ वटा कृतिम ताल निर्माण गरिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.