झाडापखाला प्रकोपको कारण खानेपानीमा ‘कोलिफर्म’

झाडापखाला प्रकोपको कारण खानेपानीमा ‘कोलिफर्म’

दाङ  ः मानिसको दिशामा पाइने जिवाणु खानेपानीको मुहानमा जाँदा शान्तिनगर गाउँपालिकामा विगत चारदिनदेखि फैलिएको झाडापखालाको मुख्य कारण  भएको पुष्टि भएको छ । शान्तिनगर गाउँपालिकाको वडा नं ३ र ४ मा फैलिएको झाडापखालाको कारण पानीमा भएको कोलिफर्म जिवाणुले गराएको पाइएको छ ।

तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाको प्रयोगशालामा गरिएको परिक्षणमा खानेपानीमा कोलिफर्म जिवाणु रहेको पाइएको छ ।  कोलिफर्मका कारण प्रकोप फैलिएको रिपोर्ट आएको शान्तिनगर गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यकर्मी विमल केसीका अनुसार कोलिफर्म मानिसको दिशा पिसाब हुने जिवाणु हो ।

उनले मानिसको शरीरमा रहँदा खासै असर नगरे पनि बाहिर आइसकेपछि सक्रमण बढाउने  बताए । गाउँमा झाडापखाला फैलिएपछि स्थानीय विद्यालयमा रहेका पानी ट्याङकी, खानेपानीको मुहान र वितरण भएका धाराको पानी परिक्षणका लागि प्रगोगशालामा लगिएको थियो । सबै परिक्षण गरेको पानीमा  कोलिफर्म जिवाणु भेटिएको केसीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.