ढुंगानालाई सूचक साहित्य पुरस्कार

ढुंगानालाई  सूचक साहित्य पुरस्कार

 काठमाडौं : अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानालाई यस वर्षको सूचक साहित्य सेवा पुरस्कार प्रदान गरिएको छ । सूचक प्रकाशनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्राध्यापक सुवर्ण शाक्यले ढुंगानालाई पुरस्कृत गरेका हुन् ।

 ढुंगानाले दुई गजल संग्रह प्रकाशित भएको छ भने दुई म्यूजिक भिडियोसहित एक दर्जन गीत रेकर्ड भएका छन् । उनले १० बाल कृति प्रकाशन र २२ बालकृतिको सम्पादन गरिसकेका छन् ।

सूचकले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चार व्यक्तित्वलाई पुरस्कृत र एकजनालाई सम्मान गरेका छ । सूचक रतन युवा पुरस्कार भिक्षु उपतिस्स महास्थवीर, सूचक पद्मादेवी समाजसेवा पुरस्कार माया मानन्धर, सूचक कृष्णबहादुर समाजसेवा पुरस्कार लालबहादुर चौधरी, सूचक लिली नवप्रतिभा पुरस्कार नानीहेरा शाक्य र सूचक सम्मान रत्नसुन्दर शाक्यलाई प्रदान गरिएको हो ।

 पुरस्कार प्रदानपछि प्राध्यापक शाक्यले गौतम समाज र देशका लागि समर्पित स्रष्टा र व्यक्तित्व भएका प्रतिभाहरुलाई सम्मान गर्न गर्न सके सक्रियता बढ्ने बताए । उनले बुद्धको शिक्षा र उपदेशलाई व्यवहारमा लागू गर्न सके जनहित हुनेमा जोड दिए । प्रकाशनका अध्यक्ष दिपक भेटवालले बुद्ध शिक्षा र उपदेशलाई आत्मसात गर्दै जनमनमा पुर्‍याउन सकेमात्र समाजमा सुख र शान्ति प्राप्त हुने बताए।

कार्यक्रममा बौद्ध विद्धान डा। केशरीलक्ष्मी मानन्धर, बज्रयान महाविहार संघका अध्यक्ष राजेन्द्र बज्राचार्य, डा। लक्ष्मण शाक्य, साहित्यकार हरिप्रसाद पाण्डेयलगायतले बोल्नुभएको थियो । प्रकाशनले १० वर्षदेखि विभिन्न क्षेत्रका व्यक्तित्वलाई वर्षेनी पुरस्कृत गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.