अधिकांश दुर्घटनामा चालक दोषी

अधिकांश दुर्घटनामा चालक दोषी

हेटौंडा : मकवानपुरमा अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारण भएको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार वितेको दश महिनामा भएका ५९ दुर्घटनामध्ये ३८ वटा चालकको लापरबाहीले भएको हो। 

गत साउनदेखि वैशाखसम्मको अवधिमा भएका दुर्घटनामा ५१ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख नविन अधिकारीले बताए। उनका अनुसार दुर्घटनामा ३३ जना गम्भीर घाइते र ३९ जना सामान्य घाइते भएका छन्। 'सबैभन्दा बढी चालकको लापरबाहीले दुर्घटना भएको छ', अधिकारीले भने, 'तीव्र गतिमा सवारी चलाउँदा बढी दुर्घटना हुने गरेको छ।' १० महिनाको अवधिमा भएका दुर्घटनामध्ये १३ वटा दुर्घटना तीव्र गतिका कारण भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

सडक दुर्घटना हुनुको तेस्रो कारणमा सडकको दुरावस्था रहेका छन्। सडकको कारण यस अवधिमा दुई ठूला दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए। तथ्याङ्क अनुसार ओभरटेकको कारण पनि तीनवटा दुर्घटना भएका छन्।

दुर्घटनमा मोटरसाइकल धेरै

दुर्घटनामा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन्। दश महिनाको अवधिमा भएको ५९ दुर्घटनामा ८१ वटा सवारी संलग्न रहेका थिए। तीमध्ये २८ वटा मोटरसाइकल रहेको ट्राफिक प्रहरीको तथ्याङ्क छ। दुर्घटना सवारीमध्ये २३ वटा ट्रक र ट्याङ्कर, ११ वटा ट्याक्टर, आठवटा बस र ५ वटा जीप रहेका छन्।
 
साउन, चैत्र र वैशाखमा धेरै दुर्घटना 

चालु आर्थिक वर्षको साउन, चैत र वैशाख महिनामा सबैभन्दा धेरै दुर्घटना भएको पाइएको छ। चैत्र र वैशाखमा नौ/नौ वटा र साउन महिनामा सातवटा दुर्घटना भएको तथ्याङ्कमा उल्लेख छ। सबैभन्दा कम भदौ र पुसमा ३/३ वटा सवारी दुर्घटना भएको जनाइएको छ। यस अवधिमा ४२ वटा सवारीविरुद्ध ट्राफिक प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो। 

दिउँसो बढी दुर्घटना

दश महिनाको अवधिमा अधिकांश दुर्घटना दिउँसोको समयमा भएको पाइएको छ। ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार दिउँसो १२ बजेदेखि साँझ छ बजेको बीचमा २८ वटा दुर्घटना भएको पाइएको छ। बेलुकी छ बजेदेखि १२ बजेको बीचमा १९ वटा दुर्घटना भएको छ। बिहान ६ बजेदेखि १२ बजेको बीचमा भने ११ वटा सवारी दुर्घटनामा परेका छन्। भने राती १२ बजेदेखि बिहान छ बजेको बीचमा सबैभन्दा कम एउटा मात्र दुर्घटना भएको तथ्याङ्कले देखाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.