अन्तराष्ट्रिय रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ अब ‘डिसहोम’को टिभीमा
काठमाडौं : डिसहोमले नेपालमा अन्तर्राष्ट्रिय रियालिटी शोको लोकप्रियता बढ्दै गएकोतर्फ आफ्नो ध्यान अगाडि बढाएको छ। दर्शकको चाहनालाई मध्यनजर गर्दै डिसहोमको रमाइलो टिभीमा नेदरल्याण्डको बहुचर्चित गायन रियालिटि शो ‘द भ्वाइस’को नेपाली संस्करण ‘भ्वाइस अफ नेपाल’ (फ्रेन्चाइस प्रोग्राम अफ नेदरल्याण्ड) प्रशारण गर्ने भएको छ।
यो रियालिटी शो साउन महिनाको पहिलो हप्तादेखि प्रशारण हुनेछ। रियालिटी शो पहिलो सिजनमा ३० भागसम्म प्रशारण हुनेछ। कार्यक्रम रमाइलो टिभीमार्फत् प्रशारण गर्नेगरी भनेए डि रिलिज प्रालिसँग डिसहोमले प्रायोजनको सम्झौता गरिसकेको छ।
स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिसहोमले नेपालमा रहेका ग्राहकमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। शहर बजारदेखि ग्रामीण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एडी प्याकेज प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ।