दलालले चलाउँछन् यातायात कार्यालय : कमिसन खान्छन् कर्मचारी

दलालले चलाउँछन् यातायात कार्यालय : कमिसन खान्छन् कर्मचारी

धरान :  सुनसरीको इटहरीस्थित यातयात व्यवस्था कार्यालय दलालले चलाउने गरेका छन्। कार्यालयका सम्पूर्ण काम दलालले गर्दा कर्मचारी भने रमिते बन्ने गरेका छन्। यातायात व्यवस्था कार्यालयका साना तथा ठूला सवारी र चालक अनुमति पत्र (लाइसेन्स) फाँटमा दलालले नै सेवाग्राहीका काम गर्ने गरेका छन्। कर्मचारीले ढिला सुस्ती गर्ने भन्दै दलालले प्रतिव्यक्ति पाँच सय रकम लिएर सवारी दर्ता, सवारी नामसारी, अञ्चलीकरण र सरुवाको सिफारिस जस्ता काम गर्दै आएका छन्।

इटहरीको हलगडा चोकमा रहेको यातयात कार्यालयको सवारी दर्ता शाखाका सबै फाँटमा  दलालले कर्मचारीको हैसियतमा कुर्सीमा बसेर सेवाग्राहीका काम गर्ने गरेका छन्। दलालले सेवाग्राहीको काम गरेवापत मंहगो शुल्क लिने र उक्त रकम कर्मचारीसँग भागवण्डा लगाएर खाने गरेका छन्।  यातायात कार्यालयको साना तथा ठूला सवारी फाँटमा दलाल प्रवेश गरी निर्वाद रुपमा सेवाग्राहीलाई ठगी गर्दा समेत स्थानीय प्रशासनले कारबाही गर्न सकेको छैन।

कर्मचारीले काम छिटो नगरेको भन्दै दलाल कार्यालय प्रवेश गरी सेवाग्राहीका काम गरे वापत प्रति व्यक्ति ५ सय रुपैयाँ लिएको गुनासो खोटाङका वीरबहादुर राईले गरे। उनी  खोटाङबाट मोटर साइकल पास गर्न आएका हुन्। 

इटहरी यातायात कार्यालयमा मा खुलेआम सर्वसाधारणलाई ठगी गर्दा समेत यातायात कार्यालले सर्वसाधारणलाई दिने सेवालाई चुस्त र दुरुस्त बनाउन नसकेको नेपालका अग्ला व्यक्ति इटहरी निवासी राजन अधिकारीले बताए। उनले इटहरी यातायातको सवारी चालक अनुमति पत्रको र्फम भर्दा समेत दलाल र कर्मचारी मिलेर दुई हजार कमिशन माग्ने गरेको आरोप लगाए। अधिकारीले  दलालसँग मिलेर सेवाग्राही ठग्ने कर्मचारीविरुद्ध कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। 

कार्यालयमा पुन्य पौडेल, गोपाल घिमिरे, शान्तिराम खनाल, लोकेन थापा, मनिन्द्र भट्टराई, रोशन गौतमलगायतका दलालले कब्जा नै गरेका छन्। उनीहरु दैनिक सेवाग्राही ठगिरहेका छन्। कर्मचारीको कुर्सीमै बसेर दलालले सेवाग्राहीका काम गरी दैनिक सयौं सेवाग्राहीलाई ठगी गर्दासमेत स्थानीय प्रशासन चुपचाप छ। 

यातायात कार्यालयमा सबै फाइल व्यवस्थित नगरेका कारण हजारौ फाइल र पुराना ढड्डा मक्किएर काम नलाग्ने हुँदा समेत कार्यालयले फाइल व्यवस्थापन गर्न सकेको छैन।  यातायात कार्यालयका पुराना फाइल र ढड्डाहरु कहाँ छन् भन्ने कर्मचारीलाई समेत थाहा छैन।

यातायात व्यबस्था कार्यालय सवारी शाखाका प्रमुख श्याम सिंहले दलाल यातायात कार्यालयमा आएर काम गरेको स्वीकार गरे। दलालहरुले यातायात कार्यालयमा प्रवेश गरेर सेवाग्राहीका काम गर्न थालेपछि उनीहरुलाई त्यो काम नगर्न चेतावनी दिएको सिंहको भनाइ छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले दलालले यातायात कार्यालयमा कर्मचारीको कुर्सीमा बसेर काम गर्नु गैर कानुनी भएको बताए। उनले दलाललाई यातायात कार्यालयमा प्रवेश दिएर काम लगाउने यातायात कर्मचारीमाथि छानबिन गरी दोषी देखिए कडा कारबाही गर्ने चेतावनी दिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.