सिद्धबाबामा पहिरोसँगै खसेको ढुंगो लागेर एकको मृत्यु

सिद्धबाबामा पहिरोसँगै खसेको ढुंगो लागेर एकको मृत्यु

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ। पहिरो खसेको स्थान हेडबक्स नजिकै पैदल हिँड्दै गरेका पाल्पा मस्यामका मोहन रेश्मीको ढुंगा लागेर मृत्यु भएको संघीय प्रहरी इकाई भैरहवाका एसएसपी राजेन्द्र ढकालले बताए।

सिद्धवबाबामा बिहान तीन बजेतिर पहिरो खसेको थियो।चारजनाको समूहमा बुटवलतर्फ आउँदै गरेकामध्ये रेश्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।उनको शव सडकभन्दा केही मिटर तल फेला परेको छ।

सिद्धबाबामा पहिरो जाँदा बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ। यो स्थानमा पानी पर्ना साथ पहिरो जाने गर्छ। अहिले सडक खुलाउने काम भइरहे पनि पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.