बिग्रँदै पेटको ‘पावर हाउस’ कलेजो

बिग्रँदै पेटको ‘पावर हाउस’ कलेजो

काठमाडौं : पाको उमेरसम्म मदिरा सेवन गर्ने लतका कारण रामेछाप दोरम्बका लालबहादुर विक अहिले पछुतोमा छन्। वीर अस्पतालमा ल्याइएको अत्याधुनिक मेसिनमा शुक्रवार कलेजो परीक्षण गर्दा कडापन देखिएपछि उनको परिवार पनि चिन्तित छ। मदिरा छाडेको सात महिना पछि पेटमा असर देखिएपछि दोरम्बाका ७१ वर्षीय विकलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।

वीर अस्पतालले ल्याएको अत्याधुनिक परीक्षण मेसिनमा उनको परीक्षण गरिएको थियो। कलेजो विशेषज्ञ डा.सन्दीप खड्काका अनुसार, लालबहादुरको कलेजो निको नहुने चरणमा पुगिसकेको छ।

कलेजोले दैनिक पाँच हजार काम गरिरहेको हुन्छ। कलेजोले खाना पचाउन सहयोग गर्नुका साथै शरीरमा रहेको विशाक्त पदार्थलाई बाहिर फ्याक्न सहयोग गर्छ। शरीरमा ऊर्जा भण्डारण गर्नमा मद्दत गर्छ। मदिराजन्य पदार्थको सेवन, चिल्लो खानपानले कलेजोमा कडापन (फाइब्रोसिस) आउँछ। कडापन आएको भागले विस्तारै काम गर्न छाड्छ। कलेजोले काम गर्न छाड्ने वित्तिकै खाएको खान नपच्ने हुन्छ।

‘खाना पच्दैन भने त्यसको पावर हाउस भनेकै कलेजो हो। त्यसैले कलेजोको अवस्था कस्तो छ ?       परीक्षण गराइरहनु पर्छ,’ वीर अस्पताल कलेजो विभागका प्रमुख डा.अनिलकुमार मि श्रले भने।

वीरमा दैनिक चालिस जना कलेजोका बिरामी उपचारका लागि जँचाउन आउने गरेको बरिष्ठ कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसी बताउँछन्। कलेजो परीक्षण गर्न सातामा औसत डेढ सय व्यक्ति अस्पताल आउने गरेका छन्। डा.केसी भन्छन, ‘अत्याधुनिक मेसिनबाट मोटोपनको मात्रालगायत धेरै कुरा हेर्न सकिन्छ।’

मान्छेको कलेजोको औसत तौल डेढ किलोग्राम हुन्छ। कलेजोमा कडापन आउन थाल्यो भने न हातले छामेर थाहा हुन्छ न त अल्ट्रासाउण्डबाट नै। डा. मि श्र भन्छन, ‘कलेजोमा कडापन आयो भने काम नलाग्ने हुन्छ।’

खानपान र अव्यवस्थित जीवनशैलीले गर्दा अहिले कलेजो बिग्रने क्रम बढेको छ। मि श्रका अनुसार, मदिरा सेवनका साथै चिल्लो खानपानले कलेजोमा कडापन ल्याउन सहयोग पुर्‍याउँछ।

अव्यवस्थित खानपान र निस्क्रिय जीवनशैलीका कारण कलेजो बिग्रने क्रम बढेको छ।

कलेजो बिग्रनुमा पहिलो नम्बरमा मदिरा सेवन पर्छ। दोस्रोमा हेपाटाइटिस बी र सी पर्छन्। तेस्रोमा फ्याटी लिभर (कलेजोमा बोसो ) देखिएको छ। ‘खाना धेरै खाने तर परि श्रम नगर्दा धेरैलाई फ्याटी एसिड भएको छ। शारीरिक निस्क्रियताका कारण मोटोपना बढेको छ’, उनले भने।

चिकित्सकका अनुसार वयस्कमध्ये अधिकांशलाई फ्याटी एसिडको समस्या छ। पुट्ट भुँडि निस्केको र तौल बढिरहेको छ भने कलेजोमा बोसो जमेको हुन सक्ने चिकित्सकहरू बताउँछन्।

वीरमा ‘फाइब्रो स्क्यान मेसिन’

वीर अस्पतालले कलेजोको अवस्था थाहा पाउन शुक्रबारदेखि अत्याधुनिक फाइब्रो स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ।

सरकारी अन्य अस्पतालमा कलेजोको अवस्था परीक्षण गर्ने फाइब्रो स्क्यान मेसिन छैन। कलेजोमा बोसो जमेको वा नजमेको थाहा पाउन सकिने अस्पतालको कलेजो रोग विभाग प्रमुख प्राडा.अनिल कुमार मि श्रले बताए।

स्वास्थ्य मन्त्रालय र रोटरी क्लवको संयुक्त लगानीमा वीर अस्पतालमा यो मेसिन ल्याएको हो। मेसिनलाई मूल्य झण्डै तीन करोड छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.