सातामा दुई सम्बन्धविच्छेद

सातामा दुई सम्बन्धविच्छेद

जनकपुर : धनुषा जिल्ला अदालतमा हालै २३ वर्षीया रिना यादव तारेख लिँदै थिइन्। त्यो तारेख कुनै गम्भीर प्रकारको अपराधको नभएर सम्बन्धविच्छेदको थियो।

उनले दुई महिनाअघि पतिसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेकी हुन्। त्यसकै फैसलाका लागि उनी अदालत धाइरहेकी छन््। उनले आफू पतिसँग खुसी नरहेकाले सम्बन्धविच्छेद गर्न लागेको बताइन्। ‘मेरो उमेर २३ वर्षको छ, उहाँको ३५। हाम्रो उमेर पनि मिल्दैन, चाहना पनि मिल्दैन। त्यही भएर सम्बन्धविच्छेद गर्न लागेकी हुँ’, उनले भनिन्, ‘१२ वर्षकै उमेरमा बिहे भयो तर त्यसको ११ बितिसक्दा पनि उहाँले मलाई बुझ्न सक्नुभएन।’ उनीहरूका एक छोरा र एक छोरी छन््।

जनकपुरकै पुनमदेवी महासेठले पनि जिल्ला अदालतमा पतिसँग सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेकी छन्। बिहे भएको सात दिन नबित्दै उनले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको डायरी फाँटका प्रमुख चन्देश्वर मुखियाले जानकारी दिए। उनका अनुसार दुवै जनाको मन नमिलेका कारण केटी पक्षले सम्बन्धविच्छेदको मुद्दा दिएका हुन्।

सम्बन्धविच्छेका प्रतिनिधि घटना हुन् यी। जनकपुरमा सम्बन्धविच्छेदको संख्या बढ्दै गएको पाइएको छ। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म धनुषामा १० महिनामा ७८ वटा सम्बन्धविच्छेद भएको जिल्ला अदालतले जनाएको छ। गत आवमा ९९ दम्पतीको सम्बन्धविच्छेद भएको तथ्यांक छ। डायरी फाँट प्रमुख मुखियाले भने, ‘चालू आवका १० महिनामा नै यति सम्बन्धविच्छेद हुनु भनेको घटनामा कमी नआउनुसरह हो।’

बिहेको सात दिन नबित्दै सम्बन्धविच्छेदको मुद्दा परेको धनुषा जिल्ला अदालतले जनाएको छ।

मुद्दाका आधारमा पुरुषभन्दा महिलाले सम्बन्धविच्छेद माग गरेको तथ्यांक छ। समीक्षा अवधिमा सम्बन्धविच्छेद मुद्दामा भएका फैसलामध्ये ९४ प्रतिशत महिलाले नै सम्बन्धविच्छेद गरेका छन्। ७८ मुद्दामध्ये ६ जना मात्र पुरुषले सम्बन्धविच्छेदको माग गरेको तथ्यांक छ।

जिल्ला अदालतमा पर्ने मुद्दामध्ये सम्बन्धविच्छेदको बढी रहेको जनाइएको छ। मुखियाका अनुसार धनुषामा मासिक आठ र सातामा दुईवटा सम्बन्धविच्छेद हुन्छ। धनुषामा केही वर्षयता सम्बन्धविच्छेदको घटना बढ्दै गएको उनको कथन छ।

शिक्षित, उच्च घराना र विदेश गएका परिवारमा बढी सम्बन्धविच्छेद हुने गरेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.