कर्णालीमा एकै पटक हजार जनाको जलयात्रा (फोटो)

कर्णालीमा एकै पटक हजार जनाको जलयात्रा (फोटो)

चिसापानी (कैलाली)  :  र्‍याफ्टिङका लागि एसियाका शीर्ष दशवटा नदीको श्रेणीमा रहेको नेपालको सबैभन्दा लामो कर्णाली नदीमा एकै पटक एक हजार जनाले  र्‍याफ्टिङ गरेका छन। चेम्बर अफ कमर्स अत्तरियाको आयोजनामा ‘कर्णाली वण्डरफूल डे’ को बिहीबार प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। 

सुर्खेत र कैलाली जोडने कुइने झोलुंगे पुल नजिकैबाट बर्दिया र कैलाली जोडने चिसापानीको पुलसम्मको झण्डै २० किलोमिटरको दुरीमा ७० वटा र्‍याफ्टिङ डुंगामा एक हजार बढीले जलयात्रा गरेका हुन्। नेपालमै पहिलो पटक यती धेरैले एकै साथ जलयात्रा गरेका हुन्।

जलयात्राको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश नम्बर ७ को पर्यटनकालागि सेती र कर्णालीमा र्‍याफ्टिङ महत्वपुर्ण रहेको बताए। उनले प्रदेश सरकारले कम लगानीमा पनि धेरै पर्यटक आकर्षण गर्न सक्ने र्‍याफ्टिङ प्रबर्धनका लागि आउदो बजेटमा ब्यवस्था गरेको बताए। उनले भने,‘पर्यटनमा सेती र कर्णालीको र्‍याफ्टिङ पनि महत्वपुर्ण ‘प्रोडक्ट’ हो, प्रदेश सरकारले गुरु योजना बनाएर प्रदेशको विकासका लागि पर्यटनलाई अगाडि बढाउने छ।’

उनले पर्यटनको क्षेत्रमा सरकारी लगानीमात्रै नभएर निजी क्षेत्रले पनि लगानी गर्नु पर्ने बताउदै, निजी क्षेत्रको लगानीको सुरक्षा र उनीहरुको करमा छुट लगायतका कार्यक्रम प्रदेश सरकारले ल्याउने दाबी गरे। मुख्यमन्त्री भट्टले र्‍याफ्टिङ बोटमै गएर हरियो झण्डा देखाउदै जलयात्राको सुभारम्भ गरेका थिए।

कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका विभिन्न क्षेत्रका एक हजार बढीले कर्णालीमा एकै पटक र्‍याफ्टिङ गरेको आयोजक अत्तरिया चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले बताए। 
‘कर्णाली वन्डरफुल डे’ को माध्यमबाट जलयात्राका प्रचुर सम्भावना भएको कर्णाली नदीलाई मात्रै पर्यटनको ‘प्रडक्ट’ बनाए वर्षमा लाखौं आन्तरिक र वाह्य पर्यटक भित्र्याउन सकिने भएकाले यसको आयोजना गरिएको बताए। 

कर्णाली नदी  र्‍याफ्टिङका लागि एसियाका टप टेन नदीको श्रेणीमा पर्छ। ‘कर्णाली आफै प्राकृतिक रुपमा सुन्दर छ,अझ र्‍याफ्टिङका लागि यो नदी एसियाका नदीहरु मध्ये सातौ स्थानमा आउछ’ ३० वर्षदेखि  र्‍याफ्टिङको क्षेत्रमा लागि रहेका एडभेन्चर रिभर ट्राभल्सका प्रबन्ध निर्देशक कमल ठकुरीले भने,‘जलयात्रा गर्नेहरुका लागि कर्णालीमा दुई प्रकारको रमाइलो हुन्छ।’

उनले कर्णालीको शाखा नदीको रुपमा रहेको सेती नदीमा ‘ह्वाइट वाटर’ मा  र्‍याफ्टिङको आनन्द लिन सक्ने र भेरी  सेतीको दोभानदेखि दक्षिणमासम्म परेको पानीमा  र्‍याफ्टिङ गर्न सकिने बताए। ‘ह्वाइट वाटर’ मा विदेशीहरु  र्‍याफ्टिङ गर्न मन पराउँछन, त्यो अलि जोखिमपुर्ण पनि हुन्छ, तर कर्णालीको शाखा नदीहरु भेरी र सेतीको दोभान भन्दा तल (दक्षिण) भने कुनै जोखिम हुदैन’उनले भने।

समतल भूभागमा आन्तरिक पर्यटक र भारतका पर्यटकहरुलाई परिवारसहित जलयात्रामा ल्याउन सके प्रदेश ७ को आर्थिक विकासमा ठुलो टेवा पुग्ने उनको विश्वास छ। 
बिहीबार राजनीतिककर्मीदेखि शिक्षाविद, पत्रकार, ब्यवसायी र भारतीयहरुले पनि कर्णालीमा एकै पटक जलयात्रा गरेका हुन। ‘प्रदेश ७ को सुन्दरता कर्णालीमा देखे, सानो सानो जलपात्रा यसअघि गरेपनि दुई घण्टाको जलयात्रा पहिलो पटक हो’ सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिष्टार हेमराज पन्तले भने।

‘कर्णालीको विहीबार गरिएको जलयात्रा एकदमै सुरक्षित लाग्यो।’सधैं राजनीतिमा लागि रहने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य दिपक देवकोटा पनि श्रीमती रुक्मणी देवकोटासहित जलयात्रामा सहभागी भए। ‘कर्णाली प्रदेश ७ का लागि प्रकृतिको अनुपम उपहार हो, कम लगानीमा जलयात्रा गरेर पर्यटन प्रबर्धन तुरुन्तै गराउन सकिन्छ, अझ यसबाट विद्युत निकाल्न सकियो भने प्रदेश नम्बर ७ आफै धनी प्रदेश हुन्छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.