माछापालनको हब बन्दै कपिलवस्तु

माछापालनको हब बन्दै कपिलवस्तु

तौलिहवा : केही वर्ष अघिसम्म भारतीय माछामा परनिर्भर रहेको कपिलवस्तु अहिले माछापालनको हबका रूपमा विकसित भएको छ। कृषक माछापालनमा लागेपछि विस्तारै जिल्ला माछामा आत्मनिर्भर उन्मुख बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जिल्लामा माछा पोखरीको क्षेत्रफल सात सय हेक्टर पुगेको छ।

माछाको माग बढेसँगै राम्रो आम्दानी आउन थालेपछि व्यावसायिक माछा पालना गर्ने कृषकको संख्या पनि बढ्दै गएको छ। यससँगै भारतीय माछामा परनिर्भर जिल्लामा केही वर्ष यता बर्सेनि आयात समेत घट्दै गएको कृषि कार्यालयले जनाएको छ। पाँच वर्ष अघि ८० प्रतिशत माछाको बजार रहेको जिल्लामा अहिले ३० प्रतिशतमा झरेको छ। बर्सेनि १५ देखि २० प्रतिशतसम्म आयात प्रतिस्थापन घटेको माछापालक कृषक बताउँछन्।

जिल्लामा उत्पादित माछाले यहाँको ४५ प्रतिशत मात्र माग पूरा गरेको छ। २० प्रतिशतको हाराहारीमा अन्य छिमेकी जिल्लाबाट आउने गरेको छ। ‘माछापालन गर्ने किसानको संख्यामा वृद्धि हुँदै गएकाले बढीमा दुई वर्षभित्रै ती जिल्लाकै हाराहारीमा पुग्छौं’, कृषि कार्यालयका प्रमुख राकेशकुमार ओझाले भने। तीन वर्ष अघिसम्म चार सय हेक्टरमा माछा पाल्ने गरिएकामा अहिले बढेर सात सयभन्द बढी छ। ‘तीन वर्ष अघिसम्म नौ सय मेट्रिक टन माछा उत्पादन हुन्थ्यो, अहिले बढेर १२ सय मेट्रिक टन पुगेको छ’, ओझाले भने। जिल्लामा २४ करोडभन्दा बढीको माछा उत्पादन हुने गरेको छ। ‘भारत र अन्य जिल्लाबाट आउने आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ अघि बढेका छौं’, हामी केही वर्षभित्रै माछा उत्पादनमा आत्मानिर्भर बन्छौं’, उनले भने। यो वर्ष थप सय हेक्टर क्षेत्रमा माछापालन बढ्ने अनुमान गरिएको छ। कृषि कार्यालयले तथ्यांक नराखेको कतिपय ठाउँमा समेत माछापालन गरिएको छ। विशेष गरी युवा अहिले माछापालनमा बढी आकर्षित भएका हुन्।

जिल्लामा माछा पोखरीको क्षेत्रफल सात सय हेक्टर पुगेको छ।

यहाँ सिल्भर, ग्रास, नैनी, कामन, रोहुँ, मांगुरलगायत माछा बढी उत्पादन हुने गरेका छन्। तीन वर्ष अघिसम्म क्षेत्र र विभागबाट अनुगमनमा आउँदा कृषि कार्यालयका कर्मचारी अलमलमा पर्थे अहिले भने व्यावसायिक माछापालन पर्ने कृषकको संख्या बढेपछि धेरै सजिलो भएको ओझाले बताए। गत वर्ष मात्र ६६ कृषकले नयाँ पोखरी बनाएका छन्। ६ कठ्ठादेखि तीन बिघासम्मको पोखरी बनाएका हुन्। यस वर्ष पनि ४० कृषकले माछापालनको तयारी गरेको कृषि कार्यालयले जनाएको छ।

जिल्लाका गाउँगाउँमा प्राकृतिक जलाशय रहेको र धेरै पुराना इँटा भट्टा बन्द रहेको र त्यसमा पोखरी पनि खन्न नपर्ने भएकाले कम लगानीको माछापालनले त्यसतर्फ आकषर्ण बढेको हो। जग्गा भाडामा लिएर पोखरी निर्माण गरी माछा पाल्ने कृषकसमेत बढ्दै गएका छन्। धान र गहुँभन्दा दुई सय प्रतिशत बढी नाफा हुने र जोखिम समेत कम भएकाले कृषक माछापालनमा लागेको कृषि कर्मचारी बताउँछन्। जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्ने कृषकको संख्या ६ सयभन्दा बढी छ। त्यसमध्ये सय बढी महिला छन्। माछापालन गर्नेको संख्या बढेसँगै त्यसबारे कार्यालयमा बुभ्mन आउने कृषकको संख्या समेत बढेको छ। माछापालन फस्टाउँदै गएपछि वाणगंगा नगरपालिकामा ६ करोडभन्दा बढीको लागतमा माछाका लागि दाना उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ।००००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.