दूधमा अर्घाखाँची आत्मनिर्भर

दूधमा  अर्घाखाँची आत्मनिर्भर

 सन्धिखर्क : केही वर्ष अघिसम्म दूधमा परनिर्भर रहेको अर्घाखाँची जिल्ला अहिले आत्मनिर्भर बनेको छ। स्थानीय युवा व्यावसायिक रूपमा गाईभैंसीपालनमा लागेपछि जिल्ला दूधमा आत्मनिर्भर बनेको हो।

जिल्लामा वर्षमा ३२ हजार मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशु सेवा कार्यलयका प्रमुख डा.लोकनाथ पौडेलले बताए। वर्षमा एक अर्ब ६ करोड बराबरको दूध उत्पादन हुने उनको भनाइ छ।

जिल्लामा सयभन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएका जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। ५० को हाराहारीमा पशु फर्म पनि दर्ता भएका छन्। व्यावसायिक रूपमा गाईभैंसीपाल्नेमा अधिकांश युवा पुस्ता छन्। केही युवा विदेश जान छाडेर पशुपालनमा लागेका छन् भने केही बेरोजगार युवा गाई फर्ममा आवद्ध छन्।

उत्पादित दूध बढी मात्रामा जिल्लामै खपत हुने गरेको छ। पशुपालनमा लागेका कृषकलाई कार्यालयले विभिन्न अनुदान तथा प्राविधिक सेवामा निरन्तर सहयोग पु¥याएको उनले बताए। ‘उत्पादन र बजारीकरणलाई सँगसँगै व्यवस्थापन गरेर लैजानु पर्छ’, उनले भने, ‘यसका लागि कार्यालय जुनसुकै सहयोग गर्न पनि तयार छ।’

जिल्लाको सन्धिखर्क, अर्घा, ढिकुरा, किमडाँडा, मोरङ अर्घातोष, पटौटी पणेना पोखराथोक, ढाडमैदान, डिभर्ना चिदिकालगायत क्षेत्रमा दूध संकलन गरी बिक्री हुन्छ। अर्घाखाँचीबाट दैनिक दुई हजार लिटर दूध बाहिरी जिल्लामा समेत बिक्री हुने गरेको छ। सन्धिखर्कबाट एक दिन बिराएर १५ सय लिटर दूध बुटबल दुग्ध सहकारी संस्थामा पठाउने गरिएको अर्घाखाँची दुग्ध सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेले बताए।

मोरङ अर्घातोष, चिदीका र बलकोटबाट दैनिक चार सय लिटर गुल्मीको तम्घासमा पुग्ने गरेको छ। पटौटीमा दैनिक ११ सय लिटर दूध तथा त्यसबाट बनेका छुर्पी पाल्पा, बुटबल, नारायणघाट र बाग्लुंगमा बिक्री हुने गरेको छ।

कृषकलाई अनुदान तथा प्रोत्साहनका कार्यक्रम पशु सेवा कार्यालयले गरेको छ। बजारीकरणमा पनि सहयोग गरेको कृषकले बताएका छन। व्यावसायिक रूपमा पशुपालनमा लागेका किसानलाई राज्यले सघाउन सके स्वरोजगारमार्फत नै गाउको मुहार फेर्न धेरै समय लाग्दैन भन्ने उदाहरण अर्घाखाँचीले दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.