दुई युवा समूहबीच 'ग्याङ फाइट', तीनजना घाइते

दुई युवा समूहबीच 'ग्याङ फाइट', तीनजना घाइते

दाङ: लमही नगरपालिकाको बंगैमा दुई समूहका युवाबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइते युवाहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

झडपमा घाइते हुनेहरुमा लमही नगरपालिका-८ का आनन्द भण्डारी, रोशन चौधरी र दोर्णबहादुर तामाङ रहेका सतबरिया प्रहरी चौकीका प्रमुख यामबहादुर बस्नेतले जानकारी दिए । 

उनले बंगैमा युवाहरुबीच झडपका क्रममा बियरका बोतलले हान्दा तीनजना घाइते भएको बताए । भुवन घर्ती, जीवन बुढा, परिवर्तन बुढा, अनिलसिंह ठकुरी र गोरे थापाको समूहले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

 
दुई समूहबीच पुरानो रिसइबीका कारण झगडा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर घाइतेहरुले अर्को पक्षले एक्कासी आक्रमण गरेको बताएका छन् । आक्रमण गर्ने युवाहरु फरार भएपछि खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.