'सरकारको नारा वायुपंखी घोडा, पारा बयलगाडा'

'सरकारको नारा वायुपंखी घोडा, पारा बयलगाडा'

मुसीकोट : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले भन्दै आएको समृद्धिको यात्रा तय गर्न ‘बयलगाडा’ प्रयोग गरेको आरोप लगाएका छन् । उनले नारा वायुपंखी घोडाको भएपनि पारा भने उही बयलगाडाको भएको भन्दै यसरी समृद्धिको यात्रामा पुग्न नसकिने बताएका दाबी गरेका हुन् । 

रुकुम (पश्चिम)को सदरमुकाम मुसीकोट खलंगामा सोमबार प्रेस युनियन रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले एकपटक लड्दा कांग्रेसलाई ठेस लागेको स्वीकार गर्दै एक पटक लड्नु अगामी दिनमा पनि लडिरहनु नभएको बताए । 

र्शमाले अब कांग्रेसले निर्वाचन परिणामको मिहीन समीक्षा गर्दै विगतका गल्ती कमजोरी स्वीकार गरी अगाडि बढ्ने अभियानमा रहेको पनि जनाकारी गराए । ‘कांग्रसले आफ्नै कमजोरीले चुनाव हारेको कुरा स्वीकार गर्न हामीलाई कुनै गाह्रो छैन’ उनले भने, ‘तर अब हामी उही हारेको कुरालाई लिएर पार्टीभित्रै गन्थन गरिरहनुभन्दा पनि कार्यकर्ता र जनतामाझ गएर भएका कमजोरीलाई स्वीकार गर्दै अगाडि बढ्ने अभियानमा छौ ।’

वर्तमान सरकारको विपक्षमा रहेपनि कांग्रेसले सरकारलाई रचनात्मक र जिम्मेवार प्रतिपक्षको हैसियतबाट सहयोग र असहयोग गर्ने प्रवक्ता शर्माले स्पष्ट पारे । उनले सरकारले  जारी गरेको श्वेतपत्र निराशाजनक भएपनि बजेट त्यसको विपरित आशाजनक आएकोले यो कसरी भयो भनेर प्रश्न गर्ने बेला आएको बताए । 

उनले एमालेले माओवादीसँग एकता गरी नयाँ पार्टी बनाएको प्रसंग जोड्दै अरु पनि नेपालका कम्युनिष्ट पार्टीहरु एक भए राम्रो हुने पनि धारणा व्यक्त गरे । 
नेपाली कांग्रेस रुकुमले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमका लागि प्रवक्ता शर्मा गत शनिबार रुकुम (पश्चिम)को मुसीकोट पगेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.