नेपालगन्ज–दिल्ली उडानमा रुटको समस्या

नेपालगन्ज–दिल्ली उडानमा रुटको समस्या

नेपालगन्ज : नेपालगन्ज–दिल्ली सिधा हवाई सेवा विस्तारमा रुट समस्या देखिएको छ। सरकारले बजेट भाषणम राँझालगायतका विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गरी छिमेकी मुलुकमा उडान भर्ने लक्ष्य लिए पनि हवाई रुटको समस्या भने समाधान भएको छैन। नेपालगञ्जबाट नयाँ दिल्ली उडान भर्ने जहाजले महेन्द्र हुँदै जान पाए पनि दिल्लीबाट नेपालगञ्ज आउन भने रुट समस्या रहेको बुद्ध एयरलाइन्सका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए।

नेपालगञ्जबाट उडान गर्र्नेे विमानले महेन्द्रनगरबाट निस्कने एल६२६ को रुट प्रयोग गर्न पाए दिल्लीबाट नेपालगञ्ज आउने जहाजले पनि सिमरा विन्दुबाट प्रवेश गर्नु पर्ने अवस्था छ। जसका कारण यात्रुलाई बढी आर्थिक भार पर्ने बस्नेत बताउँछन्। भारतले नेपाल आउने जहाजका लागि सिमरा रुटको मात्र अनुमति दिएको छ। दिल्लीबाट जहाज नेपालगन्ज आउँदा सिमरा पुगेर भैरहवा घुमेर आउनुपर्छ। जुन रुट लामो र यात्रुका लागि बढी खर्चिलो हुनसक्छ।

नेपालगन्ज–दिल्ली सिधा हवाइ सेवाबारे तयारी थालेको बुद्ध एयरले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी सरकारसँग हवाइ रुटको व्यवस्थालगायत सबै पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ। ‘महेन्द्रनगरको लि ६२६ रुटबाट गएको जहाज सोही रुटबाट फर्कने व्यवस्था गर्दा छिटो र जहाज भाडा पनि सस्तो पर्छ’, ब बस्नेतले भने, ‘हामी तयारी अवस्थामा छौं। सरकारले विमानस्थलमा अध्यागमन, भन्सार र अन्तर्राष्ट्रिय टर्मिनलको व्यवस्था गरोस्। हवाई रुटको व्यवस्थापनको काम गर्न बा“की छ। सरकारले सबै प्रक्रिया पूरा गरे ८ महिनाभित्रै सेवा सुरु हुन्छ। दैनिक तीनवटा उडान भर्ने हाम्रो तयारी छ।’

बुद्ध एयरले उडान अनुमतिका लागि अघिल्लो सोमबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयमा निवेदन दिइसकेको छ। बुद्ध एयरले चार वर्षदेखि भारतको वनारसको उडान भर्दै आएको छ। अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेकाले अन्य प्राविधिक समस्या मात्र रहने उसको दाबी छ। बुद्धले नेपालगन्ज–पोखरा पनि उडान गर्ने जनाएको छ। ५ अक्टोबरदेखि उडान हुने बस्नेतले प्रष्ट पारे।

स्थानीयमा उत्साह

बुद्ध एयरले नेपालगन्ज–दिल्ली उडान भर्ने तयारी गरेपछि स्थानीयमा उत्साह देखिएको छ। पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष नन्दलाल वैश्यले यो उडानले यस क्षेत्रको आर्थिक, पर्यटकीय क्षेत्रको विकासमा मद्दत पुग्ने बताए। स्वास्थ्य क्षेत्र पनि उडानबाट आशावादी छ।

नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनोडियाले गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा मद्दत मिल्ने दाबी गरे। उनले भने, ‘अहिले नेपालगन्जबाट काठमाडौं हुँदै दिल्ली लैजाँदा महँगो परिरहेको छ। सिधै उडान हुँदा सजिलो हुनेछ।’

होटल एसोसिएसन हानका प्रदेश ५ का महासचिव लोकनाथ आचार्यले स्वर्गद्वारीलगायत पर्यटकीय क्षेत्रमा भारतीय पर्यटक भित्रिने दाबी गरे।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले कुनै पनि हालतमा नेपालगन्ज–दिल्ली उडान भएरै छाड्ने दाबी गरे। उनले भने, ‘हामीले नगर र जिल्ला परिषद्बाट अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रस्ताव पारित गरेका छौं। उडान रोक्ने काम गरे हामी विद्रोहमा उत्रिनेछौं।’

संघीय संसद्का सदस्य एवं पूर्वमन्त्री सञ्जय गौतमले कुनै पनि बाहनामा नेपालगन्ज विमानस्थललाई स्तरोन्नति हुनबाट रोक्न नहुने बताए। उनले यसका लागि संसद्मा आवाज उठाउने पनि बताए।

नेपालगन्ज–दिल्ली उडान भएसँगै मध्य र सुदूरपश्चिमका बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, खप्तड, स्वर्गद्वारीलगायत क्षेत्रमा पर्यटक बढ्ने सांसद गौतमले दाबी गरे। ‘मानसरोवर जाने त यो गेटवे नै हुन्छ। यहाँको धार्मिक, पर्यटकीय र व्यापारिक क्षेत्रको समृद्धिको ढोका पनि खुल्नेछ’, उनले दाबी गरे, ‘वनारस, लखनउ, कानपुरसँगको कनेक्टिभिटी मात्र होइन, युरोप र अमेरिका जान आउन पनि यही रुटको प्रयोग हुनसक्छ।’

पछिल्लो समय हुम्ला हुँदै मानसरोवरको यात्रामा जाने तीर्थयात्रीका लागि नेपालगन्ज पर्यटकीय हब बनिरहेको छ। राराताल घुम्न पनि भारतीय पर्यटकको संख्या बढ्दो क्रममा छ। प्युठानको स्वर्गद्वारीमा पनि भारतीय धार्मिक पर्यटक बढिरहेका छन्। दिल्ली–नेपालगन्ज सीधा हवाई सेवाले अन्य पर्यटकीय क्षेत्रको विकास हुने स्थानीयको आशा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.