गाउँमै धमाधम पक्की घर

गाउँमै धमाधम पक्की घर

मधवा (महोत्तरी) : महोत्तरीको मनरासिसवा नगरपालिका–१० स्थित मधवा गाउँमा ३ सय घर छन्। यहाँ ३० वर्षअघि एक–दुई मात्र पक्की घर देख्न पाइन्थ्यो। अधिकांश घर माटो र खपडाको छानो भएकै थियो। ६५ वर्षीय नित्यानन्द झा आफ्नो बाल्यकालको सम्झना यसरी सुनाउँछन्, ‘गाउँभरिमा एउटा मात्रै पक्की घर थियो। धनी परिवारको पक्की घरलाई कोठाबला अँगना नामले मधवामा मात्र नभई छिमेकी दुई–तीन गाउँमा चिन्ने गरिन्थ्यो। तर, अहिले सोही गाउँमा माटोको घर भेट्न गाह्रो छ।’

गाउँभरि पक्की घर निर्माणको लहर चलेको छ। ब्राह्मण, भूमिहार, मुस्लिम र कुर्मीको बस्ती भएको यो गाउँमा कुनै एक वर्गको नभई सबैको घर माटोबाट पक्कीमा परिणत हुन थालेको छ। ‘पक्की घर निर्माणको क्रम पछिल्लो १० वर्षदेखि बढेको छ। गाउँमा अधिकांशको घरबाट छोराहरू वैदेशिक रोजगारीमा खाडी मुलुक गएका छन्’, स्थानीय जनुद्दिन अन्सारी भन्छन्, ‘खाडीमा पसिना बगाएर घर आउँदा सबैभन्दा पहिलो प्राथमिकता माटोको घर हटाएर पक्की बनाउनु नै रहने गर्दछ।’

स्थानीय रामबाबु सदाका अनुसार पहिला गाउँमा जमिनदारी प्रथा थियो, ठूला–बडाको घर मात्र पक्की हुन्थ्यो। जमिनदारको घरमा काम गर्नेले पक्की घर बनाउने आँटसमेत गर्दैनथे। ‘तर, अहिले न कोही मालिक छ न न त कोही नोकर’, उनी भन्छन्, ‘यस्तो अवस्थामा सबै कमाउँछन् र जोसँग पैैसा छ त्यसले पक्की घर बनाउने गरेको छ।’

माटोको घर पटक–पटक मर्मतसम्भार गर्नुपर्ने, वर्षायाममा चुहिने र सुरक्षा दृष्टिकोणले पनि उचित नहुने हुँदा दुःखसुख सहेर पक्की घर नै बनाएर ढुक्क हुने चाहनाले पनि यसतर्फ आकर्षण बढेको सरिता देवी बताउँछिन्। भाइहरू विदेशबाट कमाएर आएपछि चारवटा पक्की घर बनाएको उनी सुनाउँछिन्।

गाउँको मोह नयाँ पुस्तामा बढ्दै गएको र गाउँमा पुख्र्यौली घर बनाउनुपर्छ भन्ने सोचका कारण पनि पक्की घरको संख्या बढ्दै गएको कृष्णा झा बताउँछन्। सहरमा बढ्दो भीडभाड र प्रदूषणबाट बच्न पनि गाउँमा आधुनिकता पस्न थालेको उनको बुझाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.