लमजुङमा १२ जुवाडे पक्राउ

लमजुङमा १२ जुवाडे पक्राउ

बेसीसहर : लमजुङ प्रहरीले जुवातास खेल्दै गरेका जुवाडेलाई पक्राउ गरेको छ।बेसीसहर र मध्यनेपाल नगरपालिकाबाट तास खेल्दै गरेको अवस्थामा प्रहरीले १२ जुवाडे पक्राउ गरेको हो।मध्यनेपाल नगरपालिकाको दुईपिप्ले र बेसीसहरको शेराबजारबाट जुवाडे पक्राउ परेका हुन्। तास खेल्दै गरेको अवस्थामा दुईपिप्लेबाट ६ जना र बेसीसहरबाट १२ जना जुवाडे पक्राउ गरी कारबाही गरिएको प्रहरी नायव उपरीक्षक यादव ढकालले जानकारी दिए। 

मध्यनेपाल-४ दुईपिप्लेस्थित सुवास बानियाको घरबाट ६ जना जुवाडे पक्राउ परेका हुन्। प्रहरीले घरधनी बानियासहित अर्जुन शाही, नवराज गौतम, रणबहादुर विक, हरिनाथ अधिकारी, ज्ञानेन्द्र गौतम र पदम ठकुरीलाई पक्राउ गरेको हो। उनीहरुलाई जुवा ऐन २०२० अन्‍तर्गत जुवा मुद्दा दर्ता गरिएको छ। 

बेसीसहर नगरपालिका ८ शेराकुनास्थित राजकुमार अधिकारीको घरबाट केहीदिन अघि पक्राउ परेका १२ जना जुवाडे भने धरौटीमा रिहा भएका छन्। उनीहरुको साथबाट ४० हजार ५ सय २० रुपैयाँ नगद बरामद गरिएको थियो । 

यस्तै, सार्वजनिक स्थानमा छक्कापोट (खट्कटे) र क्यारमबोर्डसमेत बरामद गरेको छ। बेसीसहर नगरपालिकाका सडक छेउ शेरा, मनाङे चौतारा, पुरानो बैंकचोकलगायत स्थानबाट ५ वटा छक्कापोट र एउटा क्यारमबोर्ड बरामद गरेको प्रहरीले जनाएको छ।

छक्कापोट र क्यारमबोर्ड खेल्नेलाई सम्झाइबुझाई पठाएको प्रहरीले जनाएको छ। एकसाता अघि सरुवा भई लमजुङ आएका प्रहरी नायव उपरीक्षक यादव ढकालले जुवातासमा कडाई गरेका छन्। गत वैशाखमा आएका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जुवातासजन्य खेल प्रतिबन्ध लगाउन लागि परेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.