जेलबाट छुटेर गाउँ पुगेका बालकृष्ण ढुंगेललाई सम्मान

जेलबाट छुटेर गाउँ पुगेका बालकृष्ण ढुंगेललाई सम्मान

ओखलढुंगाः पूर्वसांसद बालकृष्ण ढुंगेललाई गृह जिल्लाका गाउँ गाउँमा स्थानीयले सम्मान गरेका छन् । द्वन्द्वकालको व्यक्ति हत्या मुद्दामा जेल सजाय भोगेर गणतन्त्र दिवसमा जेठ १५ गते छुटेका ढुंगेललाई उनका समर्थकले ओखलढुंगाका विभिन्न गाउँमा सम्मान कार्यक्रम आयोजना गरेका हुन् । 

ढुंगेल सम्मान कार्यक्रममा सहभागी हुन बुधबार ओखलढुंगा आएका थिए । उनलाई वामपन्थी युवा मञ्चले सदरमुकाम ओखलढुंगामा औपचारिक कार्यक्रम गरेर बिहीबार सम्मन गरेको हो । 

उनको मानेभञ्ज्यांगको केतुके, सिद्धिचरण नगरपालिकास्थित ओखलढुंगा सदरमुकाम र मोलुङ गाउँपालिकाको रामपुरमा सम्मान गरिएको छ । सम्मान कार्यक्रममा ओखलढुंगा आएका ढुंगेलले सञ्चारकर्मीसँग कुरा गर्दै आफु निर्दोष भएको तर, झुटा मुद्दामा फराइएकाले गम्भीर अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन आग्रह गरे ।

‘म हत्यारा भए हत्यारा लेख्नुस्, तर म जिल्लामै नभएको समयका घटनामा झुटा अभियोग लगाएर फसाइएको छ, वास्तविकता अन्वेषण होस्’, उनले भने, ‘साग खाएर वास्तविकता लेख्ने पत्रकार चाहिएको छ, युरोपमा बसेर बालकृष्णका बारेमा लेख्ने होइन ।’ 

पूर्वसांसद ढुंगेलले आफु ओखलढुंगेली जनताको छोरा भएकाले जनतासँग भेटघाट गर्न जिल्ला आएको बताए । अस्पतालमा उपचार गराइरहेका ढुंगेको द्वन्द्व कालमा पक्राउ परेर प्रहरी हिरासतमा रहँदा यातनाका कारण दुवै मृगौलाले काम नगर्ने भएपछि नियमित उपचारमा छन् । 

उनको सम्मानमा नेकपाका नेता तथा कार्यकर्ता र समर्थकहरुको सहभागिता थियो । ढुंगेलमाथि ०५५ सालमा ओखलढुंगाको पोकलीकै उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालत ओखलढुंगाले कैद सजाय तोकेको थियो । 

तत्कालीन पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि ०६४ सालको संविधान सभाको निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित भएका थिए । सांसद हुँदा जिल्लाको विकासमा गरेको योगदानकै कारण ओखलढुंगामा ढुंगेललाई विकासप्रेमी नेताको छवि बनाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.