ऊर्जामन्त्री पुन र प्रदेश ५ का मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

ऊर्जामन्त्री पुन र प्रदेश ५ का मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

काठमाडौं : ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ। प्रदेश राजधानी बुटवलमा बिहीबार भएको भेटमा ५ नम्बर प्रदेशभित्र रहेका सिंचाई तथा ऊर्जा क्षेत्रका आयोजनाका बारेमा छलफल भएको छ। 

ऊर्जामन्त्रीसँगको भेटमा मुख्यमन्त्री पौडेलसहित प्रदेश सरकारका सबै मन्त्री सहभागी थिए। भेटमा ऊर्जामन्त्री पुनले ५ नम्बर प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने गरी काम गर्न आग्रह गरेको उनका स्वकीय सचिव सुमन आचार्यले जानकारी दिए।

‘केन्द्र सरकारको तर्फबाट र मैले सक्ने सहयोग व्यक्तिगत रुपमा पनि गर्छु। तर, तपाईहरु यो प्रदेशलाई नमुना बनाउने गरी काम गर्नुहोस्।’ मन्त्री पुनको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव आर्चायले भने।  

भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार संचालन गर्न आवश्यक जनशक्ति नभएको भन्दै केन्द्र सरकारले आवश्यक कर्मचारी खटाइदिन आग्रह गरे। मन्त्री पुनले त्यसका लागि तत्काल आफूले पहल गर्ने बताएका छन्। 

भेटमा मुख्यमन्त्री पोखरेलले बाग्लुङमा रहेको उत्तर गङगा परियोजना प्रदेश सरकारले बनाउन चाहेको भन्दै त्यसका लागि सहयोग गर्न आग्रह गरे। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.