अमेरिकाको हवाईमा डढेलोले मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो
लाहैनाका बासिन्दाहरूलाई शहरमा फर्किन दिइएको अनुमतिसँगै प्रशासनले उक्त घातक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८० पुगेको जनाइएको हो ।
अमेरिकाको हवाई टापुमा डढेलो : ५३ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित
प्रशान्त महासागर नजिकै बज्रिएको आँधीबाट उत्पन्न तीव्र हावाहुरीका कारण मङ्गलबारदेखि सुरु भएको डढेलो द्रुत गतिमा फैलिएको हो। त्यहाँका हजारौँ सर्वसाधारणलाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको छ।
अमेरिकाद्वारा मालदिभ्सका २० नागरिकमाथि प्रतिबन्ध
अमेरिकी अर्थ मन्त्रालयले सन् २०२१ मा भएको असफल आक्रमणको आरोपमा हिरासतमा रहेका अब्दुल्ला अली मानिकको पर्यटन क्षेत्रमा आतङ्कवादी योजनासँग धेरै सम्बन्ध रहेको बताएको छ ।
अमेरिकाको जर्जियामा गोली हानी चार जनाको हत्या
जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो ।
अमेरिकामा चर्को गर्मी, धेरै राज्य 'लू'को चपेटामा
लगभग एक तिहाइ अमेरिकीहरू (लगभग ११० मिलियन) यसबाट प्रभावित छन्। फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अहिले वासिङ्टन पनि गर्मीको लहरको चपेटामा छ।
अमेरिका पुनः युनेस्कोमा सामेल हुने
सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगै युनेस्कोबाट अमेरिका पनि बाहिरिने घोषणा गरेका थिए। यसको बहिर्गमन सन् २०१८ मा लागू भएको थियो ।
अक्सिजनको अभावमा टेक्सासमा हजारौं माछा मरे
क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहान नजिकै ब्रायन बिचको विकट छेउमा मरेका माछा फेला परेका गल्फ कोस्टमा रहेको बिचफ्रन्ट पार्कका अधिकारीहरुले बताएका छन् ।
अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती
हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ ।
अमेरिकाको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते
पीडित मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए । त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो ।
अमेरिकामा गर्भपतन गरेको भन्दै प्रेमिकाको गोली हानी हत्या
डलास प्रहरीका अनुसार २२ वर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको थियो।
न्युयोर्कमा अश्वेत नागरिकको घाटी थिची हत्या
पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइँदै छ। मे १ मा नीलीको मृत्यु भएकै दिनमा न्यु योर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो।
अमेरिकाको टेक्सासस्थित मलमा बन्दुक आक्रमण : ९ जनाको मृत्यु
टेक्सास : अमेरिकाको टेक्सासस्थित एक मलमा बन्दुकधारीको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ।
शनिबा…
सी चिनफिङ र जेलेन्स्कीबीच भएको वार्ताको अमेरिकाद्वारा स्वागत
रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाए युद्ध ‘तत्काल’ अन्त्य हुन सक्ने उनले बताए। किर्बीले भने, 'न्याय र दिगो शान्ति हुन सक्छ र विश्वसनीय आधार सिर्जना हुन सक्छ भने शान्तिमा पुग्ने कुनै पनि प्रयासको हामी स्वागत गर्दछौं।'
अमेरिकामा अतिगोप्य दस्तावेज चुहाएको अभियोगमा सैनिक पक्राउ
युक्रेनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकाको सहयोग, बेलायत र दक्षिण कोरियालगायत युरोपका केही मुलुकको युक्रेन युद्धप्रतिको दृष्टिकोणलगायत गुप्तचर निकायका विश्लेषण ज्याकले चुहाएको आरोप छ।
अमेरिकाको टेक्सासमा डेरी फार्ममा विष्फोट, १८ हजार गाईको मृत्यु
यो अमेरिकाको फार्ममा लागेको अहिलेसम्मकै ठूलो आगलागी भएको बताइएको छ । यस हप्ताको सुरुमा डिमिट सहर नजिकै रहेको साउथ फोर्क डेरीमा विस्फोट भएको थियो। विष्फोटमा एकजना घाइते भएको पनि बताइएको छ ।
रुससँग लड्न युक्रेनलाई अमेरिकाले पठायो ४०० मिलियन डलरको हतियार
किभ : रुससँग युद्धरत युक्रेनलाई अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले …
लस एन्जलसमा रेलको ठक्करबाट दुई जनाको मृत्यु
लस एन्जलस : क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबा…
अमेरिकी अधिकारीको बाक्लो नेपाल भ्रमण
संसदबाट अमेरिकी परियोजना एमसीसी अनुमोदन भए पनि स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)विवादित बनेको थियो।
अमेरिकाको आँगनमा जमेको उमंग
विश्व एउटा घर हो। यहाँ बसोबास गर्ने हामी सबै परिवार हौं। १५ देशका हामी सबैले सबैलाई गर्ने माया, साथ, सहयोग, उत्प्रेरणा, हेरचाह, चासो कुनै नेपाली परिवारको भन्दा कम थिएन।