जुम्लामा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार पक्राउ

जुम्लामा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार पक्राउ

जुम्ला : निर्माण व्यवसायी बर्मजंग बमलाई प्रहरीले पक्राउ गरेको छ। कर्णाली राजमार्गअन्र्तगत नाग्म गमगढी सडकखण्डमा पर्ने पक्‍की पुल निर्माण तथा सडकखण्ड स्तरवृद्धि गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बमले समयमै काम नगरेपछि प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालय मुगुको निर्देशनमा जिल्ला प्रहरी कार्यालय जुम्लाले मंगलबार जुम्ला तिला गाउँपालिकाको कुडारी त्रिवेणीबाट उनी पक्राउ परेका हुन्।

रश्मि निर्माण सेवा कालिकोटका प्रोपाईटर तथा ठेकेदार बमले जिम्मा लिएको काम समयमा निर्माण सम्पन्न नगरेकाले मुगु प्रशासनले दिएको निर्देशनअनुसार पक्राउ गरिएको जुम्लाका प्रहरी नायव उपरीक्षक डाक्टर तपन कुमार दाहालले बताए। उनले भने, ‘निर्माण व्यवसायीलाई पक्राउ गरी मुगु पठाएका छौं। मुगु र जुम्लामा ठेक्का लिएको काम सम्पन्न नगरी अलपत्र छोडेर ठेकेदार बमले चरम लापरवाही गरेको आरोप लागेपछि सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो।'

पटकपटक डिभिजन सडक कार्यालयले बोलाउँदा सम्पर्कमा नआएपछि पक्राउ गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। यसरी विकास निर्माणका योजनामा समयमै काम नगर्ने अन्य ठेकेदार र उपभोत्ता समितिहरु पनि प्रहरीको निगरानिमा छन्। 

डिभिजन सडक कार्यालयका अनुसार ठेकेदार बमले नाग्म गमगढी सडकखण्डअन्तर्गत ९३ किलोमिटर र मुगुको झ्यारीदेखि डुम गाउँसम्मको १० किलोमिटर सडक सुधार गर्ने जिम्मा लिएका थिए। २०७४ जेठ ३० गतेसम्म काम सकिनुपर्ने सम्झौता थियो, तर कामको समय सकियो, काम भने भएको छैन।  

सिजा गाउँपालिकाको धितालिहिस्थित हिमानदीमा निर्माणाधिन अलपत्र पक्की पुल। तस्बिर : अन्नपूर्ण  

त्यस्तै सिजा गाउँपालिकाको धितालिहिस्थित हिमानदीमाथि सुरु भएको पक्‍की पुल निर्माण कार्य ६ वर्ष वितिसक्दा पनि सम्पन्न भएको छैन्।१८ महिनामा सम्पन्न गर्नुपर्ने पुल ६ वर्ष वितिसक्दा पनि अझै २० प्रतिशत काम बाँकी छ। २ करोड ४३ लाख लागतमा पुल बन्न लागेको हो। 

त्यस्तै उनले  ठेक्का लिएको सिजा गाउँपालिका २ मा पर्ने रनुखाना पक्‍की पुल निर्माण कार्य पनि अलपत्र परेको छ। २०७२ सालवाट काम सुरु भएको पक्की पुल निर्माण कार्य दुई वर्षमा निर्माण गरिसक्नुपर्ने सम्झौता थियो। तत्कालिन जिल्ला विकास समितिको एक करोड १० लाख र डोलिडारको दुई करोड २५ लाखमा पक्‍की पुल निर्माण कार्य सुरु भएको हो।

पक्राउ परेका पेटी ठेकेदार बर्मजंग बम पुल निर्माणको काम अधुरै छाडेर भागेपछि काम प्रभावित भएको थियो। धितालिहस्थित हिमानदीमाथि निर्माण भैरहेको पुल निर्माणमा काम गर्ने कामदारले अहिलेसम्म काम गरेको ज्याला समेत पाएका छैनन्। भने पुल निर्माणका लागि ल्याइएका निर्माण सामाग्री अलपत्र अवस्थामा छन्। 

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसार निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदार र उपभोक्ता समितिलाई तत्काल काम सुरु गर्न पाँचदिने अल्टिमेटम दिइएको छ। पाँच दिनभित्र पनि काम सुचारु नगर्ने ठेकेदारलाई पक्राउ गरी कारबाही गर्ने पौडेलले बताए।

मनपरी निर्माण सामाग्रीको प्रयोग गर्ने र विभिन्न बहाना बनाउँदै काम ठग्ने ठेकेदारको विवरण संकलन भएको उनको भनाई छ।'सम्झौता बमोजिम गुणस्तरीय काम गर्न र तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्न पहिलो चोटी सचेत गरिएको छ।'    

    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.